उपाधिका लागि बुधबार नेपालले बंगलादेशसंग प्रतिस्पर्धा गर्दै « Khabarhub

उपाधिका लागि बुधबार नेपालले बंगलादेशसंग प्रतिस्पर्धा गर्दै


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० देखि सुरु हुनेछ । खेलका लागि टीम तयार रहेको नेपाल र बंगलादेशका कप्तान तथा प्रशिक्षकले बताएका छन् ।

खेलअघि मंगलबार रंगशालामा आयोजित प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बलियो टीम बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यका साथ नेपाली टोली मैदान उत्रने बताए ।

यसअघि भएका खेलमा देखिएका गल्तीलाई सुधार गरेर फाइनल खेल्ने उनले बताए । उनले महिला फुटबलमा दर्शकको समर्थनले थप हौसला मिलेको धारणा राखे  ।

त्यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापोले उपाधि जित्नेमा विश्वस्त रहेको बताए । नेपालले मौलिक खेल देखाउने र खेल आफ्नो पक्षमा पार्ने उनको भनाइ छ । उनले साफमा उपाधि जित्ने अवसर भएकाले मौका खेर नफाल्ने पनि बताए ।

त्यस्तै बंगलादेशका कप्तान तथा प्रशिक्षकले पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने र नतिजा आफ्नो पक्षमा पार्ने बताएका छन् । सेमिफाइनलमा बंगलादेशले भुटानलाई र नेपालले भारतलाई पराजित गरेको थियो ।

 

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ४ : ३९ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम