अन्तिममा एन्फाको निर्णय : साफ फाइनलको टिकट आफैँ बेच्ने, कम्पनीले बेचेको सबै फिर्ता गर्नुपर्ने « Khabarhub

अन्तिममा एन्फाको निर्णय : साफ फाइनलको टिकट आफैँ बेच्ने, कम्पनीले बेचेको सबै फिर्ता गर्नुपर्ने


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैँले बिक्री गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले सुरक्षाका कारणले फाइनल खेलको टिकट आफैँले बिक्री गर्ने निर्णय गरिएको जनाएको हो ।

बुधबार नै जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र भद्रकालीस्थित आर्मी हेडक्वाटरको गेटबाहिर टिकट बिक्री गरिने एन्फाले जनाएको छ ।

यसअघि नेपाल र भारतबीचको सेमिफाइनल खेलको टिकट सिट संख्याभन्दा बढी बिक्री गरिएको पाइएको एन्फा प्रवक्ता सुरेश शाहले बताए ।

माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनसिपको टिकेटिङ अधिकार लिएको थियो ।

एन्फाले फाइनलका लागि उक्त कम्पनीले बिक्री गरेको टिकट रद्द गर्दै टिकटको रकम फिर्ता गर्न भनिसकेको प्रवक्ता शाहले जानकारी दिए ।

एन्फाले साधारणतर्फ ११ हजारको संख्या र र भीआईपी १ हजार मात्रै टिकट बिक्री गरिने जानकारी दिएको छ ।

साफ महिला च्याम्पियनसिपको फाइनल खेल बुधबार नेपाल र बंगलादेशबीच साँझ साढे ६ बजे सुरु हुने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ५ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै