युक्रेनको ऊर्जा केन्द्रमा आक्रमण जारी राख्ने रुसको चेतावनी « Khabarhub

युक्रेनको ऊर्जा केन्द्रमा आक्रमण जारी राख्ने रुसको चेतावनी


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनको भूमिमा बालिस्टिक मिसाइल आर्सनिक प्रयोग गर्दै जाने बताएका छन्। रातभर युक्रेनको ऊर्जा केन्द्रमा आक्रमण गरेपछि पुटिनले युक्रेनले अमेरिकाले पठाएको मिसाइल रुसको भूमिमा प्रक्षेपण गरेको प्रतिक्रियामा सो मिसाइल प्रयोग गरिएको बताए।

युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले भने रुसको कुनै पनि किसिमको ब्ल्याक मेल स्वीकार्य नहुने बताएका छन्। पश्चिमा सहयोगी देश अमेरिका, फ्रान्स र बेलायतले अनुमति दिएसँगै युक्रेनले रुसमा अमेरिकाले दिएको मिसाइल तथा बेलायत र फ्रान्सको सहयोगमा प्राप्त स्टर्म स्याडो मिसाइल रुसमा प्रयोग गरेको थियो।

रुसको आक्रमणमा कसैको ज्यान नगए पनि १० लाख मानिस प्रभावित भएको युक्रेनी पक्षले जनाएको छ। ऊर्जा केन्द्रको आक्रमणपछि बिजुली बत्ती नहुँदा १० लाख बढी प्रभावित भएका हुन्।

जेलेन्सकीले लगातारको बमबारी र आक्रमण सर्वसाधारण रहेको स्थान तथा ऊर्जा केन्द्रमा भइरहेको बताएका छन्। पुटिनले ९० मिसाइल र १०० ड्रोन प्रहार गरिएको बताए। यसैमध्य आर्सनिक पनि रहेको छ। अमेरिकी अधिकारीको विश्वासमा भने रुससँग यस्ता आर्सनिक मिसाइलको सङ्ख्या एकदमै कम छ। लगातार आक्रमणका लागि उसले अझ धेरै निर्माण गर्नुपर्ने हुन्छ।

रुसको ऊर्जा केन्द्रमा भएको आक्रमणपछि जेलेन्सकीले रुसले युद्धको अन्त्य नचाहेको तथा अन्यलाई युद्धबाट टाढा राख्न प्रयोग गरेको आरोप लगाएका छन्। रुसको राष्ट्रिय सञ्चार माध्यम आइआइएले जनाए अनुसार मस्कोको अधिकारीहरूले युक्रेनले कुनै पनि हालतमा आणविक हतियारको सहयोग नपाउने र त्यसो भएमा रुसले अर्को भयानक र घातक हमला गर्ने चेतावनी दिएका छन्।

अमेरिकी राष्ट्रपति जो जो बाइडेनले पद त्याग गर्नु अघि नै युक्रेनलाई आणविक हतियार दिन कुनै अमेरिकी अधिकारीले सल्लाह दिएको समाचार बाहिर आएरपछि रुसले सो प्रतिक्रिया जनाएको हो।

 

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ७ : ०९ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग