पहिचानवादी र पाथीभरामा केवलकारविरुद्ध आन्दोलितसँग वार्ता गर्न समिति बनाइने « Khabarhub

पहिचानवादी र पाथीभरामा केवलकारविरुद्ध आन्दोलितसँग वार्ता गर्न समिति बनाइने


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

विराटनगर- ताप्लेजुङको पाथीभरा क्षेत्रमा थालिएको केवलकार निर्माणविरुद्ध आन्दोलनरत र कोशी प्रदेशको पुनःनामाङ्कन माग गरिरहेका पहिचान पक्षधरसँग वार्ता लागि कोशी प्रदेश सरकारले समिति गठन गर्ने भएको छ ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले कोशी प्रदेश दुई दलीय संयन्त्रको शुक्रबार विराटनगरमा बसेको बैठकले दुवै आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले केवलकार निर्माणको विपक्षमा आन्दोलित पहिचान पक्षधर र कोशी प्रदेशको पुनःनामाङ्कन गर्नुपर्ने लगायत मागसहित आन्दोलितसँग वार्ता गर्न प्रदेश सरकारले समिति गठन गर्ने निर्णय गरेको बताए ।

तत्काल दुवै पक्षसँग सम्वाद अगाडि बढाउने गरी संयन्त्रले प्रदेश सरकारलाई वार्ता समिति बनाउने गरी म्यान्डेट दिएको राईले जानकारी दिए ।

कांग्रेसका कोशी प्रदेश सभापति तथा दलका नेता उद्धव थापाले कांग्रेस र एमाले दुवै पाथीभरा क्षेत्रमा केवलकार निर्माणको पक्षमा रहेकाले आन्दोलनरत पक्षसँग समाधान खोजिने बताए।

पाथीभरा क्षेत्रमा केवलकार बनाउन गत कात्तिक २४ गते शिलान्यासका क्रममा विवादका हुँदा केही समयअघि झडप हुँदा केही व्यक्ति घाइते भएका थिए ।

लिम्बू समुदायको ऐतिहासिक मन्धुमीस्थल भएकाले त्यहाँ केवलकार बनाउन नहुने भन्दे विरोध भइरहेको छ ।

पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको लागि गत कात्तिक २४ गते शिलान्यास गरिएको छ ।

यसैगरी कोशी नामको विरोधमा आन्दोलन गरिरहेको प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले तेश्रो चरणको आन्दोलन घोषणा गरेको छ। उक्त आन्दोलनमा कोशीमा समर्थन जनाएको नेकपा माओवादी केन्द्र पनि मिसिएको थियो।

कोशी नाम खारेज गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहितका ८५ संसादलाई कारबाहसहितका आन्दोलन घोषणा भइसकेको छ ।

१० चैतसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामाङ्कन प्रक्रिया सुरु नगरे प्रदेशसभा र मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने चेतावनी पहिचानवादीले दिएका छन् ।

प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा नामकरण हुनुपर्ने माग राख्दै आएको छ ।

नाम खारेजीको मागसहित सुरु आन्दोलन कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारले परिवर्तनको पहल गर्ने सहमति गरेपछि सुस्ताएको थियो ।

एमाले नेता हिक्मत कार्की नेतृत्वको गठबन्धन सरकारले पहिचन पक्षधरसँग वार्ता गर्न अहिलेसम्म समिति गठन गरेको थिएन।

२०७९ फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधरले विरोध जनाउँदै आएका छन् ।

त्यसविरुद्ध भएको प्रदर्शनका क्रममा विराटनगरमा पदमकुमार लिम्बू ‘लाजेहाङ’ को मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  १ : ४६ बजे

‘इरानले अमेरिकी लडाकु विमान काँधबाटै हान्न मिल्ने चिनियाँ मिसाइलले खसालिदियो’

वाशिंगटन- गत महिना दक्षिणपश्चिमी इरानमाथि अमेरिकी एफ-१५ लडाकु विमान खसाल्न

सशस्त्र प्रहरीका जवानसहित दुईजना दुई दिनदेखि बेपत्ता, महाकालीमा फेला पर्‍यो ट्युब

अमरगढी– डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुईजना

सुख्खा पहिरोले शुक्रबारदेखि खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध

खाँदबारी– सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिरेकस्थित कोशी राजमार्गमा सुख्खा पहिरो खस्दा

‘शेन्झोउ–२१’  अभियान सफल, तीन अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फिर्ता

बेइजिङ– चीनको ‘शेन्झोउ–२१’ अन्तरिक्ष अभियानमा सहभागी तीन अन्तरिक्षयात्री झाङ लु,

इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार

वासिङ्टन– अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा लगाएको नाकाबन्दी तोडेर प्रवेश गर्न