पहिचानवादी र पाथीभरामा केवलकारविरुद्ध आन्दोलितसँग वार्ता गर्न समिति बनाइने « Khabarhub

पहिचानवादी र पाथीभरामा केवलकारविरुद्ध आन्दोलितसँग वार्ता गर्न समिति बनाइने


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

विराटनगर- ताप्लेजुङको पाथीभरा क्षेत्रमा थालिएको केवलकार निर्माणविरुद्ध आन्दोलनरत र कोशी प्रदेशको पुनःनामाङ्कन माग गरिरहेका पहिचान पक्षधरसँग वार्ता लागि कोशी प्रदेश सरकारले समिति गठन गर्ने भएको छ ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले कोशी प्रदेश दुई दलीय संयन्त्रको शुक्रबार विराटनगरमा बसेको बैठकले दुवै आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले केवलकार निर्माणको विपक्षमा आन्दोलित पहिचान पक्षधर र कोशी प्रदेशको पुनःनामाङ्कन गर्नुपर्ने लगायत मागसहित आन्दोलितसँग वार्ता गर्न प्रदेश सरकारले समिति गठन गर्ने निर्णय गरेको बताए ।

तत्काल दुवै पक्षसँग सम्वाद अगाडि बढाउने गरी संयन्त्रले प्रदेश सरकारलाई वार्ता समिति बनाउने गरी म्यान्डेट दिएको राईले जानकारी दिए ।

कांग्रेसका कोशी प्रदेश सभापति तथा दलका नेता उद्धव थापाले कांग्रेस र एमाले दुवै पाथीभरा क्षेत्रमा केवलकार निर्माणको पक्षमा रहेकाले आन्दोलनरत पक्षसँग समाधान खोजिने बताए।

पाथीभरा क्षेत्रमा केवलकार बनाउन गत कात्तिक २४ गते शिलान्यासका क्रममा विवादका हुँदा केही समयअघि झडप हुँदा केही व्यक्ति घाइते भएका थिए ।

लिम्बू समुदायको ऐतिहासिक मन्धुमीस्थल भएकाले त्यहाँ केवलकार बनाउन नहुने भन्दे विरोध भइरहेको छ ।

पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको लागि गत कात्तिक २४ गते शिलान्यास गरिएको छ ।

यसैगरी कोशी नामको विरोधमा आन्दोलन गरिरहेको प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले तेश्रो चरणको आन्दोलन घोषणा गरेको छ। उक्त आन्दोलनमा कोशीमा समर्थन जनाएको नेकपा माओवादी केन्द्र पनि मिसिएको थियो।

कोशी नाम खारेज गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहितका ८५ संसादलाई कारबाहसहितका आन्दोलन घोषणा भइसकेको छ ।

१० चैतसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामाङ्कन प्रक्रिया सुरु नगरे प्रदेशसभा र मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने चेतावनी पहिचानवादीले दिएका छन् ।

प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा नामकरण हुनुपर्ने माग राख्दै आएको छ ।

नाम खारेजीको मागसहित सुरु आन्दोलन कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारले परिवर्तनको पहल गर्ने सहमति गरेपछि सुस्ताएको थियो ।

एमाले नेता हिक्मत कार्की नेतृत्वको गठबन्धन सरकारले पहिचन पक्षधरसँग वार्ता गर्न अहिलेसम्म समिति गठन गरेको थिएन।

२०७९ फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधरले विरोध जनाउँदै आएका छन् ।

त्यसविरुद्ध भएको प्रदर्शनका क्रममा विराटनगरमा पदमकुमार लिम्बू ‘लाजेहाङ’ को मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  १ : ४६ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज– वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

सबै कार्यकर्ताले गर्व गर्ने एमाले बनाउन ओलीले नेतृत्व छाड्नुपर्छ : बिन्दा पाण्डे

काठमाडौं- हरेक क्षेत्रमा महिला सहभागिता र समानताको आवाज उठाउँदै आएकी

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन

नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल