एनपीएलको मस्कट ‘जीत’, मार्की खेलाडीले भने- उत्साहित छौँ (तस्बिरहरू) « Khabarhub

एनपीएलको मस्कट ‘जीत’, मार्की खेलाडीले भने- उत्साहित छौँ (तस्बिरहरू)


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबारदेखि सुरु हुने पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक मस्कट कीर्तिपुर क्रिकेट स्टेडियममा शुक्रबार सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रममार्फत् एनपीएलको आधिकारिक मस्कट सार्वजनिक गरेको हो ।

एनपीएलको मस्कट ‘जीत हिउँ चितुवा’  राखिएको छ । एनपीएलमा विभिन्न प्रदेशसहितबाट ८ फेन्चाइजी टोली भिड्दैछन् ।

शनिबार उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुने क्यानले जनाएको छ ।

प्रतियोगिताअघि शुक्रबार त्रिवि क्रिकेट मैदानमा आयोजित कार्यक्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एनपीएलको सबै तयारी पूरा भएको बताए ।

नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुराउने क्यानको प्रयासमा सबैले सहयोग गरेको पनि उनले बताए ।

एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

टीमका मार्की खेलाडीहले एनपीएलप्रति निकै उत्साहित भएको बताएका छन् । त्यस्तै उनीहरूले टीमको प्रशिक्षण राम्रो भएको तथा टीम सेट भएको पनि बताए ।

एनपीएलका लागि त्रिवि क्रिकेट मैदानको पिचदेखि प्याराफिटसम्ममा परिवर्तन गरिएको छ । भीआईपी सिटलाई पनि बढाइएको छ ।

    

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ६ : ४७ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा