सोवारिग्पा शिक्षालाई व्यवस्थित गर्न जोड « Khabarhub

सोवारिग्पा शिक्षालाई व्यवस्थित गर्न जोड


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शताब्दीऔँदेखि प्रचलनमा रहेको सोवारिग्पा उपचार पद्धतिसम्बन्धी उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई मान्यता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

हाल लुम्बिनी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बौद्ध जोरपाटीमा स्थापना भएको सोवारिग्पा इन्टरनेशनल कलेजबाट उत्तीर्ण गरेका विद्यार्थीहरूले मेडिकल काउन्सिलबाट प्रमाणपत्र पाउन नसक्दा थप अध्ययन वा सरकारी सेवामा प्रवेश गर्न समस्या भएको भन्दै उनीहरूलाई यसबाट वञ्चित गरिन नहुने उनीहरूको माग रहेको छ ।

हाल सो कलेजबाट नेपाललगायत भुटान, भारत, फिनल्याण्ड, कोस्टारिका, स्पेन र तिब्बतबाट आएका ३५ जना विद्यार्थीले साढे पाँच वर्षको कोर्ष पूरा गरी एक वर्ष इन्टर्न कोर्षसमेत गरिसकेका छन् ।

आडरा नेपालद्वारा आयोजित छलफल कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहले परम्परागतरुपमा प्रचलनमा रहेको सोवारिग्पा उपचार पद्धतिको संरक्षण र विस्तारका लागि यससम्बन्धी उच्च शिक्षामा अध्ययनलाई व्यवस्थित गर्न मन्त्रालय सकारात्मक रहेको बताए  ।

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले स्वास्थ्य नीतिमा सोवारिग्पाको व्यवस्था गरिएकाले सम्बन्धित स्वास्थ्य संस्थाहरूमा दरबन्दीको व्यवस्था गर्न आवश्यक नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए ।

आयुर्वेद मेडिकल काउन्सिलका रजिस्टार डा निर्मल भुसालले भारतलगायत अन्य देशहरूमा सोवारिग्पालाई सरकारी मान्यता दिइएको सन्दर्भमा नेपालमा पनि यससम्बन्धी उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई काउन्सिलमा दर्ता गराउन प्रक्रिया अगाडि बढाउन सकिने धारणा राखे ।

लुम्बिनी विश्वविद्यालयका पूर्व डीन उकेशराज भुजुले विश्वविद्यालयले विज्ञहरूको सुझावअनुसार तयार गरिएको सोवारिग्पाको पाठ्यक्रमलाई विषयगत समिति, प्राज्ञ सभाबाट पारित गरी कार्यान्वयनमा ल्याइएकाले यसलाई सरकारी मान्यता दिनबाट रोक्न नहुने बताए  ।

कार्यक्रममा आयुर्वेद तथा चिकित्सा विभागका महानिर्देशक डा श्यामबाबु यादवले सोवारिग्पा विभागअन्तर्गत रहेकाले यसलाई मान्यता दिन सकिनेछ भने ।

आडरा नेपालका राष्ट्रिय प्रतिनिधि प्रविण ढकालले हिमाली क्षेत्रमा सोवारिग्पा उपचार पद्धतिको अभ्यास गरिरहेका आम्चीहरुबाट जनतालाई सुलभ ढङ्गबाट स्वास्थ्यसेवा पुर्‍याउनुको साथै सामुदायिक विकासमा पनि महत्त्वपूर्ण योगदान रहेको बताउँदै सबै उपचार पद्धतिहरूलाई राज्यले उत्तिकै प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

सोवा रिग्पा इन्टरनेशनल कलेजका निर्देशक डा तेन्जिङ धार्के गुरुङले सातौँ शताब्दीबाट थालनी भएको सोवा रिग्पासम्बन्धी अभ्यासलाई भारत, चीन लगायत विश्वका थुप्रै देशहरूमा औपचारिक रूपमा पठनपाठन भइसकेको सन्दर्भमा नेपालमा पनि केही वर्षदेखि शुरु भएकामा ती विद्यार्थीहरूको मेडिकल काउन्सिलबाट दर्ता नहुँदा समस्या भएकाले यसतर्फ सम्बन्धित निकायहरूको ध्यान जान जरुरी भएको बताए ।

हाल मुस्ताङको ल्हो घेकर दामोदरकुण्ड र गोरखाको चुमनुव्री गाउँपालिकाले स्थानीय राजपत्रमा प्रकाशित गरी सोवारिग्पालाई आधिकारिक मान्यता दिएका छन् भने अन्य पालिकाहरूले पनि प्रक्रिया अगाडि बढाएको सो अवसरमा जानकारी दिइयो ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  २ : २८ बजे

धरानमा बालबालिका सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं- सुनसरीको धरान उपमहानगरपालिकामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न : अपेक्षा अनुसार पुँजीगत खर्च भएन

ललितपुर– ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा ) सम्पन्न भएको छ

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असुन्सिओन- युरोपेली सङ्घ (ईयू) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर