बिन्दालाई निलम्बन गरेका ओलीले विभालाई भित्र्याए एमालेमा « Khabarhub

बिन्दालाई निलम्बन गरेका ओलीले विभालाई भित्र्याए एमालेमा


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले आइतबार स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिना निलम्बित भएको विवरण आफ्नो वेबसाइटमा प्रकाशित गर्‍यो ।

यही पुस ११ गतेको सचिवालय बैठकबाट निलम्बनमा परेका दुवैलाई नक्कली भुटानी शरणार्थी प्रकरणका कारण हाल जेलमा रहेका सचिव टोपबहादुर रायमाझीसँगै राखिएको छ । अर्थात्, रायमाझी, पाण्डे र तिमल्सिना निलम्बित नेताका रुपमा वेबसाइटमा अलग्गै राखिएका छन् ।

कारबाहीमा परेपछि बिन्दाले अबको ६ महिनाका लागि पार्टीले विश्राम दिएकाले नयाँ किताब लेख्ने वाचा गरेकी छन् । एमालेका बौद्धिक नेतामध्ये उनले कारबाहीपछि पार्टी नेतृत्वबारे कडा टिप्पणी पनि गरे‍की छैनन्।

उता कारबाहीमा परेकी उषाकिरण गृहजिल्ला नुवाकोट पुगिसकेकी छन् । पुस ११ गते एमाले सचिवालयले कारबाहीको निर्णय सुनाउँदा पनि उनी पार्टी संगठनकै काममा नुवाकोटमा थिइन् । उता बिन्दा पार्टीको एउटा बैठकमा सहभागी भएका बेला कारबाहीको निर्णय आएको थियो । त्यही दिन एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीबाटै निकालिसकेको छ ।

डा. पाण्डेलाई निलम्बन सूचीमा दर्ज गरेकै दिन ओलीले पर्साको सखुवा प्रसौनी पुगेर गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललाई जनता समाजवादीबाट एमालेमा प्रवेश गराए ।

त्यसलगत्तै हेलिकप्टरमा काठमाडौं आएका उनले नेपाल जेसिससँग जोडिएका केही व्यक्तिलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्वागत गरेका छन् ।

उनले नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललगायत युवाहरूलाई एमालेमा प्रवेश गराएका हुन् । यसअघि यस्ता पार्टी प्रवेश कार्यक्रम महासचिव शंकर पोखरेलले गर्ने गरेका थिए ।

थाइल्यान्डमा गत मंसिर १९ गते आयोजित ‘मिसेस हेरिटेज इन्टरेनसनल’को ताज पहिरिएकी विभा बस्नेत ।

आइतबार ओली आफैं पर्साबाट आएर पार्टी प्रवेश कार्यक्रमका लागि च्यासल पुगे । उनले त्यहाँ नेपाल जेसिसका निवर्तमान अध्यक्ष पोखरेलसँगै ‘मिसेज हेरिटेज इन्टरनेसनल’की विजेता बिभा बस्नेतलाई पनि एमालेमा प्रवेश गराए ।

गत असोज १७ गते साँझ हेरिटेज गार्डन सानेपामा आयोजित जोय ‘मिस एन्ड मिसेस हेरिटेज इन्टरनेशनल नेपाल २०२४’मा मिसेसतर्फको उपाधि विभा बस्नेतले जितेकी थिइन् । बस्नेतले थाइल्यान्डमा भएको ‘मिसेज हेरिटेज इन्टरनेशनल २०२४’मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

जहाँ उनले ‘मिसेस हेरिटेज इन्टरेनसनल’को ताज पहिरन सफल भएकी थिइन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्ट’मा विभाले ‘मिसेस हेरिटेज इन्टरेनसनल’को शीर्ष उपाधि जितेकी थिइन् ।

त्यसैगरी शिवानी गौतम, गायत्री बिसीलगायतलाई पनि उनले एमालेमा समाहित गराएका छन् । पोखरेल र बस्नेतले दूरदर्शी सोच भएका अध्यक्ष ओली नेतृत्वको पार्टीले देश बनाउने सङ्कल्प बोकेकाले आफूहरू सारथि बन्ने बताए ।

एमालेले यसअघि पनि गायिकादेखि सुन्दरीसम्मलाई पार्टीमा प्रवेश गराएको थियो । कोमल वली र करिश्मा मानन्धरसहितका कलाकार त्यसका उदाहरण हुन् । दाङकी कोमलले त संघीय संसद्‍मा पुगेर राजनीतिक लाभ लिएकी छन् ।

करिश्माले भने नाम सूर्यकुमारी राखेर पनि एमालेबाट फाइदा लिन सकेकी छैनन् । अब उनीहरूसँगै एमालेमा प्रवेश गर्ने सुन्दरीमा बिभा पनि परेकी छन् ।

कार्यक्रममा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाल, सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, जनसङ्गठन संयन्त्र इञ्चार्ज भानुभक्त ढकाललगायत उपस्थित थिए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ६ : १६ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद