सबै धर्म संस्कृति बराबर : मन्त्री गुरुङ « Khabarhub

सबै धर्म संस्कृति बराबर : मन्त्री गुरुङ


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यले जातजाति, धर्म र संस्कृतिलाई बराबरका रूपमा हेरेको बताएका छन् ।

लमजुङ बेँसीसहर नगरपालिका–७ मा तमु ल्होसार २०८१ का अवसरमा तमु ह्युल छोंज धीं लमजुङको आयोजनामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले २०६२÷६३ सालको आन्दोलनपछि नयाँ सविधान निर्माण गर्दै मुलुकलाई धर्म निरपेक्ष राज्य बनाएको बताए । सबैले एक अर्काको धर्मसंस्कृतिको सम्मान गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

सञ्चारमन्त्री गुरुङले सहकारीको वर्गीकरण हुनुपर्ने उल्लेख गर्दै सहकारी नियमनकारी बनाएर सरकार अघि बढ्ने बताए । सहकारीले निश्चित ठाउँमा मात्रै कारोबार गर्न पाउनेगरी नियमनकारी गठन गरेर तोक्ने उनको भनाइ थियो । स्थानीय तहमा सञ्चालन गर्ने, स्थानीय तहमा दर्ता, प्रदेशमा सञ्चालन हुने प्रदेशमा र केन्द्रमा सञ्चालन हुने सहकारी केन्द्रमा दर्ता भएर मात्रै सञ्चालन हुनुपर्ने उनले बताए ।

सहकारीमा दोषी देखिए जो कोहीलाई पनि कानुनी कारबाही हुने सञ्चारमन्त्री गुरुङले बताए । संबिधान संशोधन प्रमुख ठूला दलहरुको सहमतिमा हुने सरकार प्रवक्तासमेत रहेका उनले बताए । गाउँगाउँमा सबै जनताले अनुभूति गर्नेगरी विकास निर्माणका कार्यमा सरकार लागिपरेको उनको भनाइ थियो ।

सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गर्ने उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गर्न सकेमा देशको अरबौँ रुपैयाँ राजस्व बचत हुने बताए । नेपालमा हुलाक टिकटसमेत आफ्नो प्रेसमा छाप्न सकिएको अवस्था नरहेको भन्दै मन्त्री गुरुङले वर्तमान सरकारले सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गरेर आफ्नै प्रेस सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

प्रेस सञ्चालनमा देखिएका समस्या र अवरोधहरुलाई समाधान गरेर सरकारले यसलाई छिट्टै प्रक्रियामा लैजाने मन्त्री गुरुङले बताए । प्रेस पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकेमा हुलाक टिकट, लेबल–स्टिकर, लालपुर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्र तथा विद्यालयलगायत क्षेत्रका परिचयपत्र, राहदानी, बैङ्क नोट छाप्न विदेश पठाउनुपर्ने अवस्थाको अन्त्य हुने उनले बताए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ९ : १९ बजे

आचारसंहिता विपरीत टिकटक बनाएपछि डाक्टर सुधीर साहलाई काउन्सिलले सोध्यो स्पष्टीकरण

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले डा. सुधीर प्रसाद साहसँग स्पष्टीकरण

बुढीगण्डकी जलविद्युत् आयोजना सम्बन्धबारे छलफल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालको सहभागितामा बुढीगण्डकी जलविद्युत् आयोजना

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

काठमाडौं – नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा

यूएईविरुद्धको टी–२० सिरिजका लागि दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं – नेपालले यूएईविरुद्ध हुने दुई खेलको टी–२० सिरिजका लागि

इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

तेहरान – इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज