आज शहीदका सपना पूरा गर्न सङ्कल्प गर्ने दिन : प्रधानमन्त्री « Khabarhub

आज शहीदका सपना पूरा गर्न सङ्कल्प गर्ने दिन : प्रधानमन्त्री


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहीदहरूले देखेका सपना र उनीहरूले गरेको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् ।

शहीद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहीदहरूले उच्च बलिदान गरेको स्मरण गरे ।

उहाँले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताए ।

शहीदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने जनाउँदै प्रधानमन्त्रीले शहीदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे ।

प्रधानमन्त्री दाहालले जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ मा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायतका शहीदको स्मरण र सम्मान गरे ।

सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मानपूर्वक स्मरण गर्दै प्रधानमन्त्रीले घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गरेका छन् ।

प्रत्येक वर्ष माघ १६ गतेलाई शहीद दिवसका रूपमा मनाइँदै आइएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १० : ०९ बजे

प्रतिनिधिसभा : रेबिज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

ग्यास अभावको विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल, अब प्रति महिना ५० हजार मेट्रिक टन आयात गर्ने

काठमाडौं– पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने

हिक्मत भन्छन् : पार्टीले राजीनामा दिनु भनेको छैन, किन दिने ?

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टीले राजीनामा दिनु भनेर

रुपन्देहीमा पनि ग्यास अभाव (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने एलपी ग्यासको अभाव हुँदा उपभोक्ताले घण्टौँ लाइन

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज