पश्चिमी पाकिस्तानमा छ आतंककारीको मृत्यु « Khabarhub

पश्चिमी पाकिस्तानमा छ आतंककारीको मृत्यु


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिमी पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा बलसँग रातभर चलेको मुठभेडमा कम्तीमा छ आतंककारी मारिएको एक अधिकारीले बताएका छन् । 

प्रान्तीय सरकारका प्रवक्ता जान अचकजाईले अर्धसैनिक मुख्यालय र एक प्रहरी चौकीसहित कम्तीमा तीन वटा राज्य सुविधामा सुरक्षा बलहरूले समन्वित हमलालाई असफल बनाइदिएको बताए । 

उनले मध्य बोलान जिल्लामा हमलाका क्रममा छ आतंककारी मारिएको जानकारी दिए। मेडिकल उद्धार टोलीले हमलामा १३ सर्वसाधारण घाइते भएका र तीमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको जानकारी दिएको छ । 

सशस्त्र पृथकतावादी समूह बलुचिस्तान लिबरेसन आर्मी (बिएलए) ले हमलाको जिम्मेबारी लिएको छ । इस्लामाबाद दशकौँदेखि प्राकृतिक स्रोतहरूले समृद्ध पाकिस्तानको सबैभन्दा ठूलो तर सबैभन्दा गरिब प्रान्त बलुचिस्तानमा जातीय पृथकतावादी गुटहरूसँग लडिरहेको छ ।

स्थानीय बासिन्दाहरूले बलुचिस्तान क्षेत्र पाकिस्तानको मानव विकास सूचकांकमा लगातार तल्लो स्थानमा रहेकाले आफूहरूलाई तेल र ग्यास भण्डारबाट सम्पत्तिको उचित हिस्सा प्राप्त नभएको बताएका छन् । 

अधिकार समूहहरूले जातीय बलुच नागरिकहरूमाथि सैन्य कारबाहीमा जबरजस्ती बेपत्ता र गैरन्यायिक हत्याहरू समावेश भएको बताएका छन् ।

यसै महिना तेहरानले पाकिस्तानमा शरण लिएका इरानविरोधी आतंकवादीहरूमाथि निशाना बनाएपछि इस्लामाबादले पनि छिमकी इरानमा शरण लिएका बिएलए लडाकूहरूमा हमला गरेसँगै यस क्षेत्रमा आतंकवादलाई लिएर तनाव बढेको छ । 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ६ : ३१ बजे

हारेका र पद छोडेका नेताहरूलाई पनि मनोनयन गर्न रविलाई दबाब

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले भर्खरै महाधिवेशन सम्पन्न गरेको छ

बैतडीमा यात्रुवाहक बस दुर्घटना

काठमाडौं- बैतडीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । कैलालीबाट बैतडीतर्फ

बिहेको रथ अनियन्त्रित हुँदा बालिकाको मृत्यु

धनुषा- धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा आयोजित विवाह

विशेष महाधिवेशन पक्षधर ‘रत्नपार्कमा खराब औषधि बेच्ने चटके’ हुन् : मोहन बस्नेत

काठमाडौं- नेपाली कांग्रेसको इतर पक्षका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशन

६० वर्षको उमेरमा फेरि बेहुला बन्दै आमिर खान, जुलाई ५ मा गौरी स्प्रैटसँग निजी समारोहमा विवाह

काठमाडौं– बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ आमिर खानले आफ्नो तेस्रो विवाहको तयारीबारे