पश्चिमी पाकिस्तानमा छ आतंककारीको मृत्यु « Khabarhub

पश्चिमी पाकिस्तानमा छ आतंककारीको मृत्यु


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिमी पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा बलसँग रातभर चलेको मुठभेडमा कम्तीमा छ आतंककारी मारिएको एक अधिकारीले बताएका छन् । 

प्रान्तीय सरकारका प्रवक्ता जान अचकजाईले अर्धसैनिक मुख्यालय र एक प्रहरी चौकीसहित कम्तीमा तीन वटा राज्य सुविधामा सुरक्षा बलहरूले समन्वित हमलालाई असफल बनाइदिएको बताए । 

उनले मध्य बोलान जिल्लामा हमलाका क्रममा छ आतंककारी मारिएको जानकारी दिए। मेडिकल उद्धार टोलीले हमलामा १३ सर्वसाधारण घाइते भएका र तीमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको जानकारी दिएको छ । 

सशस्त्र पृथकतावादी समूह बलुचिस्तान लिबरेसन आर्मी (बिएलए) ले हमलाको जिम्मेबारी लिएको छ । इस्लामाबाद दशकौँदेखि प्राकृतिक स्रोतहरूले समृद्ध पाकिस्तानको सबैभन्दा ठूलो तर सबैभन्दा गरिब प्रान्त बलुचिस्तानमा जातीय पृथकतावादी गुटहरूसँग लडिरहेको छ ।

स्थानीय बासिन्दाहरूले बलुचिस्तान क्षेत्र पाकिस्तानको मानव विकास सूचकांकमा लगातार तल्लो स्थानमा रहेकाले आफूहरूलाई तेल र ग्यास भण्डारबाट सम्पत्तिको उचित हिस्सा प्राप्त नभएको बताएका छन् । 

अधिकार समूहहरूले जातीय बलुच नागरिकहरूमाथि सैन्य कारबाहीमा जबरजस्ती बेपत्ता र गैरन्यायिक हत्याहरू समावेश भएको बताएका छन् ।

यसै महिना तेहरानले पाकिस्तानमा शरण लिएका इरानविरोधी आतंकवादीहरूमाथि निशाना बनाएपछि इस्लामाबादले पनि छिमकी इरानमा शरण लिएका बिएलए लडाकूहरूमा हमला गरेसँगै यस क्षेत्रमा आतंकवादलाई लिएर तनाव बढेको छ । 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ६ : ३१ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ