सातौँ व्यास अल्ट्रा म्याराथनमा सेनाको वर्चस्व « Khabarhub

सातौँ व्यास अल्ट्रा म्याराथनमा सेनाको वर्चस्व


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

तनहुँ – व्यास नगरपालिकाले आज आयोजना गरेको सातौँ व्यास अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लवका जुनेश खड्काले जितेका छन् ।

सहिद दिवसका अवसरमा व्यास नगरपालिका–५ मानुङकोटदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आज आयोजित अल्ट्रा म्याराथनको उपाधि जर्सी नम्बर ५० का खड्काले जितेका हुन् ।

चवालीस किलोमिटर दूरीको म्याराथन तीन घण्टा १८ सेकेण्डमा पूरा गर्दै खड्काले उपाधि जितेका हुन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाडीले वर्चस्व कायम गरेका छन् ।

प्रतियोगितामा बैतडीका मोहनदेव जोशी द्वितीय भएका छन् । उनले उक्त दूरी तीन घण्टा दुई मिनेट ३३ सेकेण्डमा पूरा गरे । नेपाली सेनाका करण रावत तृतीय हुँदा उनले उक्त दूरी तीन घण्टा १० मिनेट ३० सेकेण्डमा पूरा गरे।

त्रिभुवन आर्मी क्लबका राजन मेयोङ्बा चौथो, त्रिभुवन आर्मीकै प्रताप खड्का पाँचौँ, सोलुखुम्बुका अर्जुन राई छैटौँ र त्रिभुवन आर्मी क्लवका तिलक सुनुवार सातौँ भएका छन् ।

उनीहरुले उक्त दूरी क्रमशः तीन घण्टा १७ मिनेट २४ सेकेण्ड, तीन घण्टा १९ मिनेट ३० सेकेण्ड, तीन घण्टा २१ मिनेट तीन सेकेण्ड र तीन घण्टा २४ मिनेट ४६ सेकेण्डमा पूरा गर्नुभएको युवा तथा खेलकुद शाखा प्रमुख नवीन पराजुलीले जानकारी दिए । म्याराथनमा दुई विदेशीसहित एक सय १७ धावकको सहभागिता थियो ।

अल्ट्रा म्याराथनमा प्रथम हुनेलाई रु ८५ हजार ८०, द्वितीय हुनेलाई रु ६५ हजार ८०, तृतीय हुनेलाई रु ५५ हजार ८० र सान्त्वना हुने पाँच जनालाई जनही रु १६ हजार ८० नगद पुरस्कार प्रदान गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए विजेतालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले पुरस्कार वितरण गरेका थिए ।

व्यास नगरपालिका–५ मानुङबाट सुरु म्याराथन मानुङकोट सिद्धमार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीबेँसी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिएको थियो ।

गत वर्ष जिल्लाभित्रका धावकलाई मात्रै सहभागी गराइएको थियो । गत वर्ष आयोजित म्याराथनको उपाधि व्यास–७ निवासी विशाल गुरुङले जितेका थिए। चवालीस किमी दूरी तीन घण्टा २९ मिनेट २६ सेकेण्डमा पूरा गर्दै गुरुङले उपाधि जितेका थिए । त्यस्तै व्यास नगरपालिका–६ का सहास पन्थ द्वितीय, आँबुखैरेनी गाउँपालिका–१ का सनम गुरुङ तृतीय भए।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १० : ०५ बजे

प्रतिनिधिको अठोट : क्षमतावानलाई भोट, प्यानललाई चोट

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन चलिरहँदा नेतृत्वमा दुई प्यानलबीच प्रतिस्पर्धा

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

रसुवा– सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया

सनी देओल अभिनीत ‘बोर्डर २’ को टिजर सार्वजनिक

काठमाडौँ– बलिउड अभिनेता सनी देओल अभिनीत प्रतीक्षित फिल्म ‘बोर्डर २’

जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन

जुम्ला– जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिकटन स्याउ

म्यान्मा : चुनाव ‘अवरोध’ आरोपमा सयौँमाथि मुद्दा चलाउने तयारी

एजेन्सी– म्यान्माको सैन्य जुन्ताले बुधबार सेनाद्वारा सञ्चालित आगामी चुनावलाई ‘अवरोध’