अब राम्रो ‘जोक’मा मात्रै हाँस्छु : अर्चना पुरन « Khabarhub

अब राम्रो ‘जोक’मा मात्रै हाँस्छु : अर्चना पुरन


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय हास्यकलाकार कपिल शर्मा  ‘द ग्रेट इन्डियन कपिल शो’ लिएर आउँदैछन् । टिमका पुराना सदस्य सुनील ग्रोभर (डा. गुलाटी)को पुनरागमनले दर्शक उत्सुक छन् ।

शोको ट्रेलर सार्वजनिक भइसकेको छ । यस पटक भने शो टेलिभिजनबाट नभइ ओटीटीबाट प्रसारण हुने भएको छ । सुनीलको पुनरागमनसँगै जजमा नवजोतसिंह सिद्दुलाई हेर्ने दर्शकको चाहना भने पूरा नहुने भएको छ । जजमा अर्चना पुरन सिंह नै तय भएको छ ।

अर्चना तीनै जज हुन् जो सिद्दु राजनीतिक कारणले सोबाट निकालिएपछि उनले स्थान पाएकी थिइन् । कमजोर ‘जोक’मा चर्को हाँसोका कारण उनी आलोचितसमेत भएकी थिइन् ।

उनले यसबारे मुख खोलेकी थिइन् । नायिकाका रुपमा चर्चित हुने इच्छा भए पनि आफू सोच्दै नसोचेको हाँसोका कारण चर्चित बनेको उनको भनाइ छ । हाँस्ने कामले नै पैसा कमाउने बताउँदै उनी ठट्टा गर्छिन्, ‘मसँग संसारकै सबैभन्दा राम्रो काम छ । म प्रायः मुस्कुराउँदै बैंक जान्छु ।’

कमजोर जोकमा चर्को हाँसोको दोष भने उनले भिडियो सम्पादकलाई दिइन् । सो कारणले दर्शकबाट विश्वास गुमाएको र आलोचनाको शिकार हुनुपरेको उनले बताइन् ।

उनी थप्छिन्, ‘धेरै पटक मानिसहरूले मलाई कमजोर जोकमा चर्को स्वरमा कसरी हाँसेको भनेर सोध्ने गर्थे । तर त्यसलाई सम्पादन गरिएको थियो । शोका सम्पादकले नराम्रो मजाकमा पनि मेरो हाँसो थप्ने गर्दथे ।’

यद्यपि आफू सशक्त जोकमा मात्रै खुलेर हाँस्ने उनले स्पष्टीकरण दिइन् । आगामी दिनमा पनि आफ्नो यही जिम्मेवारीलाई निरन्तरता दिने उनले प्रतिबद्धतासमेत जनाइन् ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ६ : ४६ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले