खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर « Khabarhub

खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

खोटाङ– बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

समाजले ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न ११ ठाउँमा बृहत् स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शुक्रबारदेखि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले हरेक ठाउँमा दुई दिन निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन थालेका समाजले जनाएको छ । शिविर यही चैत २३ गतेसम्म सञ्चालन हुनेछ । निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

बृहत् स्वास्थ्य शिविरको पहिलो चरणमा जिल्लाका विभिन्न चार स्थानमा एकैसाथ सेवा प्रवाह गरिएको समाजका अध्यक्ष डा. प्रमोद राईले बताए ।

आज साकेला गाउँपालिकाको साकेला आधारभूत अस्पताल, खोटेहाङ गाउँपालिकाको खोटाङ बजार स्वास्थ्यचौकी, जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी र रावाबेँसी गाउँपालिकाको हरमटारमा शिविर सञ्चालन भएको छ ।

बृहत् स्वास्थ्य शिविरमा गाइनोक्लोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजीलगायत रोगको उपचार र परीक्षण गरिनेछ । साथै निःशुल्क औषधि पनि वितरण गरिने छ ।

आज र भोलि ऐसेलुखर्क गाउँपालिकाका चार ठाउँमा तथा चैत २० र २१ गते हलेसी तुवाचुङ नगरपालिका, बराहपोखरी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा शिविर सञ्चालन गरिनेछ ।

चैत २२ र २३ गते दिक्तेल रुपाकोट मझुवागढीको बुइपा र केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा शिविरको आयोजना हुनेछ ।

सेवा समाजका पदाधिकारी तथा सदस्यबाट सङ्कलित तीन करोड दश लाख बराबरको रकम स्वास्थ्य शिविरमा खर्च हुने अध्यक्ष राईले बताए । शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकसहित एक सय ३० जनाभन्दा बढी स्वास्थ्यकर्मीले सेवा प्रवाह गर्नेछन् ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ११ : ०८ बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका