अफगानिस्तानका ३० लाख बालिबालिका कुपोषणको सिकार हुन सक्ने डब्ल्युएफपीको चेतावनी « Khabarhub

अफगानिस्तानका ३० लाख बालिबालिका कुपोषणको सिकार हुन सक्ने डब्ल्युएफपीको चेतावनी


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काबुल – विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले यस वर्ष अफगानिस्तानमा ३० लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने चेतावनी दिएको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ । गत वर्ष वैदेशिक सहायता घटेकाले कुपोषित बालबालिकाको उपचार गराउने क्रम बढेको उक्त एजेन्सीले बताएको छ ।

अफगानिस्तानमा डब्ल्युएफपीका पोषण प्रमुख मोना शेखलाई उद्धृत गर्दै खामा प्रेसले भनेको छ, “हामी करिब १६ लाख कुपोषित बालबालिकालाई सहयोग गर्न सक्षम हुनेछौँ ।” संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले यसअघि सन् २०२३ मा उसले अफगानिस्तानमा सात लाख १५ हजार कुपोषित बालबालिकालाई सहयोग गरेको घोषणा गरेको थियो ।

अन्तर्राष्ट्रिय सङ्गठनहरूका अनुसार तालिबान नियन्त्रित अफगानिस्तानमा धेरै परिवार आफ्ना बालबालिकालाई खाना उपलब्ध गराउन असमर्थ छन् । यसका अतिरिक्त तालिबानले सत्ता सम्हालेयता अफगानिस्तानले विकराल मानवीय सङ्कटको सामना गरिरहेको रिपोर्टहरूले सङ्केत गरेका छन् । यसले पहिले नै अनिश्चित रहेको अवस्थालाई थप खराब बनाएको छ ।

स्थिरता तथा आधारभूत आवश्यकतामा पहुँचको अभावले विशेषगरी महिला तथा बालबालिकाजस्ता कमजोर समूहमा व्यापक पीडा निम्त्याएको छ । यसका अतिरिक्त अन्तर्राष्ट्रिय सङ्गठनहरूबाट कोषको कमीले अफगानिस्तानमा राहत प्रयासहरूमा धेरै अवरोध उत्पन्न हुँदा लाखौँ मानिसलाई भोकमरीको जोखिममा पारेको छ र उनीहरू आवश्यक मानवीय सहायताबाट बन्चित छन् । यसले मुलुकमा मानवीय स्थिति अझ खराब भएको छ ।

टोलो न्युजका अनुसार चार सय ५० भन्दा धेरै दिन बितिसक्ता पनि अफगानिस्तानमा छात्राहरूका लागि विश्वविद्यालय बन्द छ र पुनः खुल्ने कुनै सङ्केत देखिएको छैन । निराशा व्यक्त गर्दै छात्राहरूले उनीहरूको शैक्षिक प्रगतिमा महत्त्वपूर्ण ढिलाइ भएको बताएका छन् । उनीहरूले तालिबानको कार्यबाहक सरकारसँग यस वर्ष विश्वविद्यालयलाई पुनः खोल्न प्राथमिकता दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : ४३ बजे

प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब रुपैयाँ संकलन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग

वसन्तपुरमा इन्द्रजात्राको तयारी

काठमाडौँ– विश्व सम्पादा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको

बालबालिकालाई डरमुक्त गराउने मजिपा लाखे

काठमाडौँ – रातो अनुहार, अग्लो कपाल, डर लाग्दो स्वरूप र

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा