एकीकृत समाजवादी महाधिवेशनको तयारी तीव्र  « Khabarhub

एकीकृत समाजवादी महाधिवेशनको तयारी तीव्र 


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ ।

महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई जिम्मेवारी प्रदान गरेको छ भने मातहतका सबै कमिटीलाई सदस्यता अभिलेख, कार्य प्रगतिको विवरण केन्द्रमा बुझाउन निर्देशन दिएको हो । सबै कमिटी, विभाग र फाँटलाई आगामी असार ५ गतेभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ ।

पार्टीले मातहतका सबै निकाय, क्षेत्र तथा तहबाट महाधिवेशन प्रतिनिधि छनोट गरी निर्धारित शुल्कसहित प्रतिनिधि छनोटको नामावली समयमा केन्द्रमा बुझाउनुपर्ने छ । पार्टीअन्तर्गत रहेका सबै कमिटीले असार १ गते प्रतिनिधि छनोट गर्ने कार्यतालिका रहेको पार्टी पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए ।

केन्द्रीय संगठन विभागले नेता तथा कार्यकर्ताको सदस्यता प्रदान र नवीकरणको सबै प्रक्रियाका साथै शुल्कसहितको विवरण केन्द्रले प्रमाणीकरण गर्ने छ । सदस्यता प्रमाणित गरेपछि त्यसको नामावली विवरण यही वैशाख ३० गतेसम्ममा सम्बन्धित कमिटीमा पठाइने छ ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्न लागिएको दसौँ राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरी यही वैशाख २८ र २९ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको छ । त्यसले प्रतिनिधिको नामावलीलगायत अन्य आवश्यक कार्यसूची अनुमोदन गर्ने छ ।

आगामी जेठ ९ गतेसम्ममा सबै कमिटीमा महाधिवेशनका लागि प्रस्तुत गरिने मस्यौदा दस्तावेज पठाइने छ । सबै कमिटीले मस्यौदा दस्तावेजमाथि आफ्नो कार्यक्षेत्रमा रहेका पार्टी सङ्गठित सदस्यहरूलाई आगामी जेठ ३२ गतेसम्म छलफल गराउने तालिका छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १२ : ०७ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको