पर्वतको थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो वितरण « Khabarhub

पर्वतको थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो वितरण


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

पर्वतफलेवास नगरपालिका–२ थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो (इन्डक्सन) वितरण गरिएको छ । 

प्रदूषणरहित भान्छा र धुवाँरहित गाउँघरको विकासका लागि रोटरी क्लब अफ पोखरा फिस्टेलको सहयोगमा वडाका सबै घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएको हो । थापाठानामा सात सय घरधुरी रहेका छन् । तीमध्ये झन्डै एक सय घरधुरी बसाइँसराइलगायत कारणले खाली छन् ।

मानिसको नियमित बसोबास रहेका सबै घरपरिवारलाई एक-एक थान इन्डक्सन चुल्हो वितरण गरिएको फलेवास–२ थापाठानाका वडाध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए । ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको आयोजनामा भएको एक कार्यक्रमबीच रोटरी क्लब अफ पोखरा फिस्टेललगायत संस्थाको सहयोगमा विद्युतीय चुल्हो वितरण गरिएको हो ।

सबै घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएसँगै वडा नं २ लाई प्रदूषण मुक्त भान्छासहितको वडा घोषणासमेत गरिएको छ । सामाजिक सेवामा सक्रिय रोटरी क्लबले विविध शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्ने सिलसिलामा थापाठाना गाउँमा विद्युतीय चुल्हो वितरण गरेको रोटरी क्लब अफ पोखरा फिस्टेलका डिस्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले जानकारी दिए । 

उनले विभिन्न पाँच चरणमा विद्युतीय चुल्हो वितरण गरिएको बताए। चुल्होसँगै यसमा प्रयोग गर्न मिल्ने भाँडा पनि वितरण गरिएको हो । चुल्होसहित अन्य भान्छामा प्रयोग हुने सामग्री प्रतिपरिवारलाई १० हजार बराबर वितरण गरिएको कोइरालाले बताए । झन्डै रु ६० लाख मूल्य बराबरको लागतमा चुल्होसहितका सामग्री वितरण गरिएको हो । 

यो वडामा रहेका सात सय घरपरिवारमध्ये त्यहाँ निरन्तर बसोबास गर्ने छ सयजनालाई प्राथमिकतामा पारेर चुल्हो वितरण गरिएको उनको भनाइ छ । यो चुल्होको प्रयोगले गृहिणीहरूको स्वास्थ्य अवस्थामा सुधार आउनाका साथै गाउँ पनि पूर्ण रुपमा स्वच्छ हुने अपेक्षा गरिएको छ । त्यसैगरी, बढ्दो वन विनाश रोकिनाका साथै विद्युत्को खपतसमेत बढ्ने भएको छ ।

 चुल्हो वितरण कार्यक्रमसँगै वडा नं २ लाई प्रदूषणमुक्त घोषणा गर्दै नगरप्रमुख गङ्गाधर तिवारीले वडालाई प्रदूषणमुक्त वडा घोषणा गर्न सहयोग गरेकामा रोटरी क्लब अफ पोखरा फिस्टेललगायत दाताहरूको प्रशंसा गरे। उनले चुल्हो वितरण भएपछि अब गाउँ प्रदूषणमुक्त हुने र खासगरी भान्छाको काम गर्ने महिलाको स्वास्थ्य राम्रो हुँदै जाने विश्वास व्यक्त गरे । आफूले पाएको चुल्होलाई भरपुर रुपमा प्रयोग गर्न उनको आग्रह छ । 

ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष रामहरि श्रेष्ठले प्रदूषणमुक्त समाजको स्थापना गर्नका लागि रोटरी क्लबले थालेको अभियानमा सहयोग गर्न आग्रह गरे। उनले विद्युतीय चुल्होको भरपुर उपभोग गर्नसमेत आग्रह गरे । प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल डहरेदेउरालीको काखमा रहेको थापाठानामा सञ्चालित घरबास सेवा प्रभावकारी बन्दै गएको छ । 

स्वच्छ र हराभरा वातावरणले घरबासमा आउने पाहुनाको आकर्षण पनि बढ्ने भएकाले विद्युतीय चुल्होले थप टेवा पुग्ने नगर उपप्रमुख शोभाकुमारी क्षेत्रीले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १२ : ५१ बजे

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगञ्ज– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न