झलनाथतिर लक्षित गर्दै ओलीले भने : इलाममा एमाले हराउन जोडतोडले लागेका थिए « Khabarhub

झलनाथतिर लक्षित गर्दै ओलीले भने : इलाममा एमाले हराउन जोडतोडले लागेका थिए


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

इलाम- सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकास र समृद्धि तथा नवनिर्वाचित सांसद सुहाङ नेम्वाङको जिम्मा पार्टीले लिने बताएका छन् ।

इलाममा शनिबार भएको उपनिर्वाचनबाट विजयी नेम्वाङको विजय जुलुसमा सहभागी हुन इलाम पुगेका ओलीले पूर्वघोषणा अनुसार इलाम र सुहाङ दुवैको जिम्मा आफ्नो काँधमा छाडिदिन आग्रह गरे ।

ओलीले चुनावअघि इलामको मंगलबारेमा आयोजित प्रचार सभालाई सम्बोधनका क्रममा सुहाङलाई जिताएमा विकासको जिम्मा आफूले लिन बताएका थिए ।

चुनाव प्रचारका क्रममा बोलेको भनाइ सम्झिँदै ओलीले भने ‘इलामको विकासको जिम्मा सुहाङले लिन्छन्। सुहाङको पछि म छु, सुहाङले यहाँको जिम्मा लिनुहुन्छ, सुहाङको जिम्मा हामीले लिन्छौँ।’

ओलीले इलाम २ को उपनिर्वाचनमा एमालेलाई हराउन नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल लागेको जिकिर गरे ।

इलाममा सत्तारुढ नेकपा माओवादी केन्द्रले एमालेललाई सहयोग गर्दा समाजवादीले जितबहादुर राईलाई मैदानमा उतारेको थियो । तर उनले ४०८ मत मात्रै ल्याउन सके ।

२०७४ मा एमालेबाट गाउँपालिका जितेका जितबहादुरलाई उठाए पनि समाजवादीले ५०० मत पनि छुन सकेन ।

उपनिर्वाचनमा समाजवादीले सम्मानित नेता खनाललाई कमाण्डर बनाएको थियो । गृहजिल्लाको चुनावमा खनालले पनि प्रचारका क्रममा यसपटक समाजवादीले जित्ने दाबी गरेका थिए ।

उनले त्यसबेला समाजवादीले नजिते पनि केही नहुने बताउँदै एमालेले चुनाव हार्नै पर्ने पनि बताएका थिए ।

खनालको नाम नलिएका ओलीले विजय सभालाई भने, ‘एमाले छाडेका यसै जिल्लाका नेताहरू एमाले हराउन बेस्सरी लागेका थिए।’

उनले पहिचान सबै नेपाली एकै हुन् भन्ने हुनुपर्ने ब्याख्या गरे । ‘के हो? के हो? पनि भयो होला। पहिचान भनेको के हो के हो? केलाई पहिचान भन्ने हामी सबै नेपाली हो, पहिलो पहिचान नै त्यही हो’, उनले भने ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ४ : ५९ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड