पहिचानवादीलाई सुहाङले भने : नेपाल इन्द्रेणीको रङ जस्तै हो, सबै जातिको हित हेर्नुपर्छ « Khabarhub

पहिचानवादीलाई सुहाङले भने : नेपाल इन्द्रेणीको रङ जस्तै हो, सबै जातिको हित हेर्नुपर्छ


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमाले इलाम क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले इलामवासीको विश्वास र भरोसा मर्न नदिने बताएका छन् ।

मंगलबार इलाम–२ को उपनिर्वाचनपछिको चुनावी सभालाई सम्बोधन गर्दै नेम्बाङले इलामका जनताले सुवास नेम्बाङप्रति देखाएको भरोसालाई टुट्न नदिने बताए ।

अग्रजहरूको योगदानको आफूले सधैँ कदर गर्ने नेम्बाङले बताए ।अहिलेको समय युवाको भए पनि अग्रजहरूको सम्मान गर्दै उनीहरूको सल्लाह र आशीर्वाद लिएर अघि बढ्नु पर्नेमा उनले जोड दिए ।

अग्रजले देखाएको बाटो बिर्सन नहुने उनले स्पष्ट पारे । नेम्बाङले मतदाताको शिर नझुक्ने गरी काम गर्ने बाचा गरे । ‘इमान र निष्ठापूर्वक काम गर्ने छु भन्ने कुरा म यहीँबाट बाचा पनि गर्दछु’, उनले भने ।

नेम्बाङले कसैलाई गाली गरेर वा कसैको दुष्प्रचार गरेर होइन, काम गरेर देखाउनु पर्ने बताए । आफू त्यही हिसाबले अघि बढ्ने उनले बताए ।

अग्रजहरूले व्यवस्था परिवर्तन र संविधान लेखको काम पूरा गरेको बताउँदै नेम्बाङले अब नयाँ पुस्ता अवस्था परिवर्तनको काममा लाग्नु पर्नेमा जोड दिए ।

नेम्बाङले कुनै जात वा समुदाय विशेषको कुरा गर्नेभन्दा सारा नेपालीको हितमा काम गर्नुपर्नेमा जोड दिए । नेपाल इन्द्रेणीको रङ जस्तै भएकाले सबै रङको महत्त्व रहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : ४८ बजे

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री

भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको