गगन भन्छन् : सहकारी ठगीमा रविको संलग्नता पुष्टि हुन्छ, केपी ओली जोगाउन जुटे « Khabarhub

गगन भन्छन् : सहकारी ठगीमा रविको संलग्नता पुष्टि हुन्छ, केपी ओली जोगाउन जुटे


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार लागेपछि संसदीय छानबिन समितिमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने शर्तबाट आफूहरू पछि हटेको दाबी गरेका छन् ।

बिहीबार एक भिडियो सन्देश जारी गर्दै प्रतिनिधिसभाका सांसदसमेत रहेका थापाले सरकारले केही दिन संसद् पेलेरै चलाएर अधिवेशन अन्त्य गर्न खोजेपछि आफूहरू सम्झौतामा जानुपरेको बताए ।

उनका अनुसार संसद् अधिवेशन अन्त्य गरेर सरकार समिति नबनाउने दिशामा अघि बढेपछि रविको नाम नराखेर भए पनि समिति बनाउने कुरामा सहमति गरिएको हो ।

नेपका एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा बनेको संसदीय समितिले आफूहरूका एजेण्डालाई सम्बोधन गर्ने पनि उनले दाबी गरे ।

तत्कालीन समयमा गोर्खा मिडियाका शेयर धनी र सञ्चालकसमेत रहेका गृहमन्त्री लामिछाने सहकारी अपचलनमा संलग्‍न रहेको तथ्य र प्रमाणले पुष्टि गर्ने उनले बताए ।

गृहमन्त्रीले संसद्को रोस्टमबाट ‘संसदीय होइन, अन्तर्राष्ट्रिय नै बनाए पनि हुन्छ’ भने पनि नाम उल्लेख गरेर समिति बनाउन नमानेको पनि थापाले जिकिर गरे ।

थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै नाम लिँदा पनि उनी रिसाउने अवस्था रहेको उल्लेख गरेका छन् ।

‘नाम लिँदा रिसाउनुहुन्छ होला भनेर म नाम त लिन्नँ। तपाईंहरूले बुझिहाल्नुहुन्छ, फरक पार्टीको नेताले पनि के भन्ने अवस्था आयो भने नामै तोकेर समिति बनाउन कांग्रेसले माग गरिराख्छ । संसद् अरु केही दिन यसरी पेलेरै चलाउने, सभामुखले पनि साथ दिनुभएकै छ । त्यसपछि संसद् बन्द गर्दिने’, थापाले ओलीतिर लक्षित गर्दै भने, ‘संसद् बन्द गरिसकेपछि छ महिना बिताएर संसद् बोलाए भइहाल्यो । संसदीय समिति नबनाउने सोच राखिसकेपछि हामीले पार्टीका साथीहरूसँग छलफल गर्यौँ ।’

उनले मुख्य कुरा सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संलग्नता रहेको कुरालाई तथ्य, तर्क र प्रमाणहरूले पुष्टि गर्ने बताए ।

‘गृहमन्त्रीको संलग्नता रहेको कुरालाई तथ्य, तर्क र प्रमाणहरूले पुष्टि गरेका छन्’, उनले भने, ‘यसको आधारमा अनुसन्धान हुने कुरालाई निश्चित गरौँ । अनुसन्धान हुने कुरालाई निश्चित गर्नु हाम्रा लागि मुख्य कुरा हो ।’

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ६ : ०५ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा