जब क्याबिनेटमा ब्रिफिङ चलिरहँदा सन्दीपले भिसा नपाएको खबर पुग्यो… « Khabarhub

जब क्याबिनेटमा ब्रिफिङ चलिरहँदा सन्दीपले भिसा नपाएको खबर पुग्यो…


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


17.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न तयार सन्दीप लामिछानेको भिसा अमेरिकाले दोस्रो पटक रिजेक्ट गरिदिएको छ ।

बिहीबार अपरान्ह ४ बजे अन्तरवार्ताका लागि महाराजगञ्जमा बोलाइएका सन्दीपलाई अमेरिकाले एक महिनाभित्र दोस्रो पटक अमेरिकी दूतावासले भिसा दिन नमानेको हो ।

यसअघि जेठ ९ मा दूतावासले सन्दीपलाई भिसा दिन मानेको थिएन । पहिलो पटक भिसा दिन नमानेपछि सरकारको उच्च तहबाट अमेरिकी दूतावासमा पहल गरिएको थियो ।

तर दूतावासले कुनै कारण नखुलाई दोस्रो पटक पनि सन्दीपको नाममा भिसा जारी गर्न मानेन । सन्दीपलाई भिसाका लागि युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समेत पहल गरेका थिए ।

श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाईसमेत आग्रह गरेर दूतावासमा अनुरोध गरिदिन भनेका थिए । खेलकुद मनमन्त्री श्रेष्ठका अनुसार सरकारले सन्दीपको भिसाका लागि ‘भिसा नोट’समेत सरकारले अमेरिकी दूतावासमा पठाएको थियो।

सरकारीस्तरबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले भिसा दिन मानेन । बिहीबार सन्दीप अमेरिकी दूतावास पुग्दै गर्दा मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको थियो ।

जहाँ खेलकुद मन्त्री श्रेष्ठ सन्दीपलाई भिसाका लागि हालसम्म भएका पहलहरूबारे ब्रिफिङ गरिरहेका थिए । राष्ट्रको प्रतिनिधित्व गरेर जाने खेलाडीका लागि आफ्नोतर्फबाट गरेको पहल र प्रयत्नबारे उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित क्याबिनेटका सदस्यहरूलाई ब्रिफिङ गरेका थिए ।

अहिलेसम्मका सबै प्रयासबारे जानकारी दिँदै आजै आफूले सन्दीपलाई कीर्तिपुर स्टेडियममा भेटेको पनि बताएका थिए । त्यहाँ भेट्दा सन्दीप विश्वकप खेल्नका लागि पूरा तयारी अवस्थामा देखिएको बताउँदै उनले भिसा मिल्ने विश्वास व्यक्त गरेका थिए ।

तर, खेलकुदमन्त्री श्रेष्ठले ब्रिफिङ गरिरहेका बेला खबर आयो, ‘सन्दीपलाई अमेरिकी दूतावासले दोस्रो पटक पनि भिसा दिएन।’

यो खबरले मन्त्रिपरिषद् बैठकमा पनि केहीबेर निराशाको माहोल देखियो । आफैं आयोजक रहेको अमेरिकाले सन्दीपलाई भिसा नदिएर ठिक नगरेको गुनासो नेपाली क्रिकेट प्रेमीले गरेका छन् ।

तर कुनै खेलाडीलाई भिसा दिने-नदिने कुरा सम्बन्धित देशकै भएकाले यसबारे थप टिप्पणी गर्न नहुने खेलकुदमन्त्री श्रेष्ठले खबरहबलाई बताए ।

‘भिसा नदिएकोबारे प्राविधिक र कानुनी कुराबारे अमेरिकालाई थाहा होला । आचरणबारे हो भने पनि हामीले केही भन्न मिल्दैन’, उनले खबरहबलाई भने, ‘नेपालले आफ्नो कूटनीतिक मर्यादालाई कायम गर्नुपर्छ। यसबारे अनुचित टिप्णी राम्रो हुँदैन । औपचारिक रुपमा अमेरिकाको धारणा नआएसम्म यसबारे थप बोल्न सकिँदैन ।’

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ६ : २९ बजे

धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु

घोडाघोडी– धनगढीमा ‘सुदूरपश्चिम कचहरी, २०८३’ सुरु भएको छ । सुदूरपश्चिम

विश्वकप क्रिकेट लिग-२ : अमेरिकाले नेपाललाई दियो १९६ रनको लक्ष्य

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा अमेरिकाले नेपालसामू

 चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

एजेन्सी– चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ– पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ वटा

इतिहास, संस्कृति र प्रकृतिले सजिएको बारपाक (तस्बिरहरू)

गोरखा– गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित बारपाक गाउँ प्राकृतिक सौन्दर्य,