एमसीसी सहयोगको सीमापार प्रसारणलाइन निर्माण गर्न हस्ताक्षर | Khabarhub Khabarhub

एमसीसी सहयोगको सीमापार प्रसारणलाइन निर्माण गर्न हस्ताक्षर


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल-भारत सीमापार १८ किलोमिटर प्रसारणलाइन निर्माण सम्झौतामा हस्ताक्षर भएको छ । मिलेनियम च्यालेञ्‍ज एकाउन्ट नेपाल (एमसीए-नेपाल) र निर्माण कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडबीच प्रसारणलाइन निर्माण सम्झौतामा हस्ताक्षर भएको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्म जडान हुने सो प्रसारणलाइन अमेरिकी मिलेनियम च्यालेञ्‍ज कर्पोरेशन (एमसीसी) सहायता अन्तर्गतको हो ।

सो प्रसारणलाइन निर्माण लागत एक करोड २३ लाख ६० हजार अमेरिकी डलर (करिब एक अर्ब ६३ करोड रुपैयाँ) हो । २१ महिनाभित्र काम सम्पन्न गर्नेगरी निर्माण ठेक्का भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडले पाएको छ ।

निर्माण सम्झौतामा एमसीए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेड प्रतिनिधि अमोल वाङ्खेदेले हस्ताक्षर गरेका हुन्‌ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन (इन्ट्री इन्टु फोर्स-ईआइएफ) चरणमा आएको एक वर्ष पूरा भइसकेको छ ।

एमसीए नेपालले नेपाल र भारतबीचको क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धि गर्न प्रसारणलाइन निर्माण सम्झौताले सघाउन पुर्‍याउने दाबी गरेको छ ।

अर्थ मन्त्रालयका सचिव एवम्‌ एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले निर्माण सम्झौता सम्पन्न भइसकेका कुल १२.६० करोड अमेरिकी डलर बजेटयुक्त तीन वटा सबस्टेशनसहित यो १८ किलोमिटर प्रसारण लाइनले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्नुका साथै क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन नेपाललाई सघाउनेसन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेपालको ऊर्जा पूर्वाधारमा सुधार गर्ने र भारतसँगको सीमापार ऊर्जा सहकार्यलाई थप गहन बनाउने सन्दर्भमा यो प्रसारणलाइन महत्वपूर्ण सेतु भएको बताए ।

समारोहलाई सम्बोधन गर्दै एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले १८ किलोमिटर लामो सीमापार प्रसारण लाइन निर्माण सम्झौताले नेपालको ऊर्जा परिदृश्य र आर्थिक भविष्यलाई रूपान्तरण धारणा राखे । सो प्रसारणलाइनले बाँकी २९७ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि मार्गप्रशस्त गर्ने गर्ने उनले बताए ।

एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टलेएमसीसी नेपाल कम्प्याक्टको पहिलो वार्षिकोत्सव मनाउँदै गर्दा हस्ताक्षर गरिएको यस निर्माण सम्झोता हामीले गरिरहेको प्रगतिको स्पष्ट सूचक भएको दाबी गरे ।

बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्षको अन्त्यसम्ममा बोलपत्र आह्वान गर्न एमसीए–नेपालले तयारी गरिरहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  २ : २१ बजे

फिल्म ‘मिरमिरे’को वर्कसपमा दयाहाङ र प्रकाश

काठमाडौं – नायक दयाहाङ राई र प्रकाश सपुत शीर्ष भूमिकामा

तेलंगानाको केमिकल फ्याक्ट्रीमा विस्फोट : १० मजदुरको मृत्यु, २० भन्दा बढी घाइते

नयाँदिल्ली- भारतको तेलंगाना राज्यस्थित संगारेड्डी जिल्लामा रहेको औषधि उत्पादन गर्ने

बीआटीई–२०२५ : नेपाल पर्यटक स्वागतका लागि तयार

काठमाडौं– नेपाल पर्यटन बोर्डले बेइजिङ अन्तर्राष्ट्रिय पर्यटन प्रदर्शनी (बीआईटीई) २०२५ मा

शिक्षक महासंघको चेतावनी : शिक्षा विधेयक तत्कालै पारित नभए फेरि आन्दोलनमा होमिन्छौँ

काठमाडौं- नेपाल शिक्षक महासंघले संसद्‍बाट पारित गर्ने तयारीमा रहेको विद्यालय

कैलाली–कञ्चनपुर जलमग्न, सतर्कता अपनाउन मुख्यमन्त्रीको आग्रह  

काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षालाई विपद्को समयमा उच्च सतर्कता