रिसाएकी बुहारीले ससुराको गोठमा लगाइदिइन् आगो | Khabarhub Khabarhub

रिसाएकी बुहारीले ससुराको गोठमा लगाइदिइन् आगो


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.2k
Shares
  • change font
  • change font
  • change font

दाङदाङमा आफ्नै ससुराको गोठमा आगो लगाएको अभियोगमा एकजना महिला पक्राउ परेकी छन् ।

बङलाचुली गाउँपालिका-५ साकिने निवासी ७३ वर्षीय ओबिराम घर्तीको गोठमा आगो लगाएको अभियोगमा उनकै बुहारी २६ वर्षीया खेमा घर्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

 घरायसी विवादको कारण शुक्रबार राति खेमाले सलाईको काँटीबाट गोठको छानामा आगो सल्काइदिएकी थिइन् ।

 आगलागी हुँदा गोठ पूरै जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको टोलीले खेमलाई पक्राउ गरेको छ ।

 आगलागीबाट ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  १२ : ४१ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ