आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडान रद्द « Khabarhub

आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडान रद्द


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

टोरन्टो– क्यानडाको एयरलाइन वेस्टजेटले मेकानिक्स युनियनको आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडानहरू रद्द गरेको छ ।

क्यानडाको दोस्रो ठूलो वायुसेवा कम्पनी वेस्टजेटले ४९ हजार यात्रु प्रभावित हुने गरी ४०७ उडान रद्द भएको जनाएको छ ।

एयरलाइन प्रशासन ‘युनियनसँग वार्ता गर्न अनिच्छुक’ भएको कारण एयरक्राफ्ट मेकानिक्स फ्रेटरनल एशोसिएसनले आफ्ना सदस्यहरूले शुक्रबार साँझदेखि हडताल सुरु गरेको र  यो अपरिहार्य भएको बताएको छ ।

संघीय सरकारले बिहीबार बाध्यकारी मध्यस्थताका लागि मन्त्रीस्तरीय आदेश जारी गरेपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडानप्रभावित हुने गरी आकस्मिक हडताल भएको हो ।

त्यसपछि नयाँ सम्झौताका लागि युनियनसँग दुई हप्तासम्म चलेको अशान्त छलफलपछि यस्तो भएको हो ।

वेस्टजेटले सोमबार क्यानडा डेमा समापन हुने लामो सप्ताहन्तका लागि आइतबारसम्म विमान पार्किङ जारी राख्ने जनाएको छ ।

एयरलाइन्ससँग करिब २०० वटा जहाज छन् र आइतबार साँझसम्ममा करिब ३० वटा उडान भर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ३ : ३५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस