नेपाल सुनचाँदी व्यवसायी महासंघमा नयाँ नेतृत्व, अध्यक्षमा अर्जुन रसाइली « Khabarhub

नेपाल सुनचाँदी व्यवसायी महासंघमा नयाँ नेतृत्व, अध्यक्षमा अर्जुन रसाइली


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघमा अर्जुन रसाइलीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ ।

असार १४ र १५ गते काठमाडौंमा आयोजना भएको महासंघको ९ औँ/ १० औँ र ११ औँ वार्षिक साधारण सभा तथा चौथो महाअधिवेशनले रसाइलीको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको हो ।

शनिबार भएको निर्वाचनमा कुल ४ सय ४६ मतदाता थिए । त्यसमध्ये ४ सय ३५ मत खसेको थियो । नवनिर्वाचित अध्यक्ष रसाइलीले २ सय ५० मत प्राप्त गरे।

अध्यक्षका अर्का प्रत्याशी महासंघका तृतीय उपाध्यक्ष विपिन रामुदामुले १ सय ८४ मत प्राप्त गरेका थिए ।

कार्य समितिको वरिष्ठ उपाध्यक्षमा दियशरत्न शाक्य, प्रथम उपाध्यक्षमा धर्मसुन्दर बज्राचार्य, दित्तीय उपाध्यक्षमा बुद्धि दियाली, तृतीय उपाध्यक्षमा रुपदल विश्वकर्मा, एसोसिएटस उपाध्यक्षमा पवन सोमानी र महासचिवमा किरणभभाई बज्राचार्य निर्वाचित भए ।

यस्तै कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा टुलक प्रसाद विश्वकर्मा र निर्मल दियाली, सह कोषाध्यक्षमा पद्धमशुन्दर शाक्य निर्वाचित भए ।

यस्तै प्रत्येक प्रदेशबाट २ जनाका दरले निर्वाचित हुने सदस्यमा कोशीबाट राजकुमार गुप्ता र जयप्रकास गजमेर, मधेसबाट विकास कुमार सारडा र मनोज कुमार सर्राफ, बागमतीबाट प्रकाशचन्द्र शाक्य र जीवन शाक्य, गण्डकीबाट हिमबहादुर विश्वकर्मा र विनोदकुमार विक, लुम्बिनीबाट भीमसिंह विके र संजय सोनी, कणालीबाट ज्ञानेन्द्रबहादुर विश्वकर्मा र मेघराज सुनार तथा सुदूरपश्चिमबाट गणेशबहादुर सुनार र रमेश बहादुर सुनार निर्वाचित भए ।

यस्तै नगर संघवाट विमल कुमार बेगवानी, टिकाराम लामगादे र दिनेश साह सोनार निर्वाचित भए  ।

खुल्ला सदस्यतर्फ निर्वाचित हुनेमा जीवन ज्योति विश्वकर्मा, राजेन्द्र सुनार, चेत नारायण विश्वकर्मा, राजभाई बज्राचार्य, नरेन्द्र विश्वकर्मा, मनकाजी विश्वकर्मा, लोमकहादुर सुनार, हेमराज शाक्य र तारा बहादुर सुनार रहेका छन् ।

महिलातर्फबाट सिता विश्वकर्मा र रितु विश्वकर्मा, बस्तुगतबाट चित्र बहादुर महाल र एसोसिएटस्बाट सुजित शाक्य निर्वाचित भए ।

महासंघको निवर्तमान अध्यक्षमा माणिकरत्न शाक्य छन् । कार्य समितिको बाँकी सदस्यहरू तथा विशिष्ट सदस्य अध्यक्ष तथा कार्य समितिले चयन गर्ने छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ४ : २३ बजे

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

भैरहवा– रूपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने भभइ–भटौलिया आसपासका

यौनकर्मीको कथामा आधारित फिल्म ‘लालिमा’को बुकिङ खुला

काठमाडौं – भोलि शुक्रबार अर्थात् फागुन २९ बाट प्रदर्शनमा आउने

खाडीमा इरानी आक्रमण : कच्चा तेलको मूल्य उकालो, १०० डलर नाघ्यो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार

स्वास्थ्य बीमा प्रभावकारी बनाउन औषधि बल्क खरिद गर्ने सरकारको तयारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

रास्वपाको एकल बहुमतले राजनीतिक जोखिम कम गर्ने र आर्थिक सुधारको ढोका खोल्ने : फिच रेटिङ

काठमाडौं– अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ’ ले नेपालको पछिल्लो