ओलीमाथि खनिँदै नेपालले प्रचण्डलाई भने, ‘अझै संसद् विघटन ठिक थियो भन्दैछन्, जोगिनुस्’ « Khabarhub

ओलीमाथि खनिँदै नेपालले प्रचण्डलाई भने, ‘अझै संसद् विघटन ठिक थियो भन्दैछन्, जोगिनुस्’


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश पोखेका छन् ।

समाजवादीको १० औं महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार प्रज्ञा भवनमा सम्बोधनका क्रममा उनले मञ्चमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ओलीसँग जोगिन सचेत गराएका हुन् ।

उनले एमालेमा विद्रोहबाट समाजवादी जन्मिएको पनि बताए । ‘यो पार्टी विद्रोहबाट स्थापित भएको हो। विद्रोह गर्नुभन्दा पहिले नवौँ महाधिवेशनबाटै हामी क्रान्तिकारी धार समातेका थियौँ, यस सन्दर्भमा पछि छलफल गर्दै गरौंला’, उनले भने, ‘क्रान्तिकारी धार र उत्तराधिकारीको दाबीस्वरुप तपाईंलाई सम्झना होला हामीले माले बनाएका थियौँ । त्यसबेला पनि हामीले २०४६ सालमा चौथो महाधिवेशन गरेका थियौँ ।’

उनले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले ‘मलाई कम्युनिस्ट पार्टी मन पनि पर्छ र डर पनि लाग्छ भनेको कुरलाई जोड्दै आफूहरूको पार्टी परिवर्तन भएर जनताप्रति उत्तरदायी हुने बताए ।

‘हामीले ऐतिहासिक परिवर्तन गरेका छौं। अरुले खुट्टा ताने होलान् तर हामी डगमगाएनौँ । देशको स्वतन्त्रता, स्वाभमान र भौगोलिक अखण्डताको रक्षा गर्नका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छ’, उनले भने, ‘कम्युनिस्ट पार्टीलाई नेपालीले उच्च महत्व दिन्छन्। कम्युनिस्ट पार्टी देशको स्वाभीमानको रक्षा गर्ने कुरामा जनताले साथी मान्छन् । त्यसकारण सीके राउतजी आत्तिनु पर्दैन ।’

नेपालका पार्टीमा भष्टचार र अस्थिरता समस्याका रुपमा रहेक उनले बताए । ‘कुनै बेला ३६ वटा कम्युनिस्ट पार्टी थिए । ०४२ सालमा जो जो नजिक हुन सके एक हुनुपर्छ भन्यौँ’, उनले भने, ‘हाम्रो पार्टी बलियो हुनुपर्छ ।अब समाजवाद व्यवहारको विषय बनोस्, गफको होइन । समाजवाद जनताको जीवनमा देखियोस् ।’

उनले संविधान र गणतन्त्रको रक्षा गर्दै यहाँसम्म आएको बताए । नेपालले संसद् विघटन ठिक भन्ने एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमै रहेको भन्दै सजग हुन प्रधानमन्त्रीलाई भने ।

‘हामीले संविधानको रक्षा गर्दै, गणतन्त्रको रक्षा गर्दै, यही पार्टीले नै केही गर्ने सक्छ भन्ने विश्वास बनायौँ’, उनले मञ्चमा रहेका प्रचण्डतिर लक्षित गर्दै भने, ‘प्रधानमन्त्रीज्यू प्रतिनिधि सभा विघटन ठिक थियो भन्नेहरू अहिले पनि छन् रे ! विचार गर्नुहोला।’ उनले यो प्रसंग झिकेर महाधिवेशनको उद्घाटनमा नआएका एमाले अध्यक्ष ओलीलाई प्रहार गरेका हुन् ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ४ : ४६ बजे

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

काठमाडौँ– भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

म्याग्दी– धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको

चिनियाँ राष्ट्रपतिको प्रशंसा गर्दै ट्रम्पले भने- ‘तपाईं महान् नेता हो, यसो भन्दा मलाई गाली गर्छन्’

बेइजिङ – विश्वका दुई सर्वशक्तिमान् मुलुकका नेताबीच बेइजिङमा भएको भलाकुसारी

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीन : पर्यटन बोर्ड

काठमाडौँ– नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध