आज २०८१ साल साउन १५ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल साउन १५ गते मंगलबारको राशिफल


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन १५ गते मंगलबार तदनुसार सन् २०२४ जुलाई ३० तारिख। साउन कृष्ण पक्षको दशमी तिथि। खिर खाने दिन। अन्तर्राष्ट्रिय मानव बेचविखन विरुद्धको दिवस र अन्तर्राष्ट्रिय मित्र दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : धनलक्ष्मी योग परेकाले सानो लगानीबाट राम्रो आम्दानी हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। भूमि सम्बन्धी कारोबारबाट उल्लेखनीय फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : समय रमाइलो छ। नसोचेको धन प्राप्त हुनेछ। नयाँ साथीसँगको संगतले नयाँ ऊर्जा थपिनेछ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

मिथुन : अधिकारका लागि प्रतिवाद गर्नुपर्ने दिन छ। तपाईंले विश्वास गरेकै साथीले विरोध गरेको सुन्नुपर्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट भने उत्साह बढ्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्ने योग छ।

कर्कट : समय राम्रो छ। पुरानो लगानीबाट फाइदा हुनेछ। परिवारमा तपाईंको निर्णय कार्यान्वयन हुनेछ। परिवारमा विश्वासको संकट बढ्नेछ। प्रेम सम्बन्धमा खटपटी हुने जोखिम रहेको छ।

सिंह : आम्दानीका स्रोत धेरै छन्। वैदेशिक स्रोतको लगानीबाट उन्नती हुनेछ। बौद्धिक र प्राविधिक क्षेत्रमा फाइदा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रबाट प्रशंसा हुनेछ। परिवारमा भने बौद्धिक टकराब बढ्ने देखिन्छ।

कन्या : आफ्नो मनोकामना अनुरुप काम अगाडि बढ्नेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। पशुपालन र कृषिबाट फाइदा हुने दिन छ। नयाँ ठाउँको चर्चाले मनमा उत्साह थप्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : बोलीकै कारण आफन्तले सहयोग नगर्ने देखिन्छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। ठुलो व्यापार र व्यवसायको सुरुवात नगर्नु राम्रो होला। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : नयाँ क्षेत्रको लगानीबाट फाइदा हुनेछ। राजनीतिमा सक्रियता बढ्नेछ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। खानामा रुची नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। निर्णय क्षमता कमजोर बन्दा परिवारमा खटपटी बढ्नेछ।

धनु : महत्त्वपूर्ण योजना कार्यान्वयन नहुँदै सार्वजनिक भएमा अरुले फाइदा लिनेछन्। एक पल्ट सोचेर बोलेको राम्रो हुनेछ। न्यायिक क्षेत्रमा गरेको काम सफल बन्नेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। व्यवसायमा मन्दी आएर तनाव बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट भने उत्साह थपिने देखिन्छ। धार्मिक क्षेत्रको यात्रामा जाँदा मन शान्त हुनेछ। महत्त्वपूर्ण योजना सुरुमै सार्वजनिक नगर्नु राम्रो हुन्छ।

कुम्भ : झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। ठुलो लगानी नगर्नु राम्रो होला। शनिदेवको छाया योग रहेको छ। यसबाट बच्न धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ।

मीन : दैनिक कामबाट फाइदा र उत्साह बढ्नेछ। आफ्नो क्षमताको मूल्यांकन गर्न नसक्दा पश्चाताप हुनेछ। व्यापारमा घाटा हुने जोखिम रहेको छ। पारिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ५ : १० बजे

बाँकेमा १९३ कुष्ठरोगी भेटिए

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको