कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै, सभापति चयन गरिने « Khabarhub

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै, सभापति चयन गरिने


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ ।

बैठक अपराह्न साढे ४ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । आजको बैठकमा समितिको सभापतिको निर्वाचनको कार्यक्रम रहेको छ ।

सभापतिमा नेपाली कांग्रेसकी सांसद कुसुम थापामगरले उम्मेदवारी दर्ता गरेकी lछन् । उनले सोमबार कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र एमाले सांसद सूर्य ढकालको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् । रुकुम पूर्वकी थापामगर कांग्रेसबाट समानुपातिक सांसद हुन् ।

यसअघि समितिको सभापति रहेकी डा आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि नयाँ सभापति चयन गर्न लागिएको हो ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : २६ बजे

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई

आफू प्रजातन्त्र पक्षधर भएकैले ज्ञानेन्द्रले जेल हाले : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षधर भएकाले

पार्टीको विवाद अदालतमा पुनरावलोकन भइरहेको छ, धेरै टिप्पणी गर्दिनँ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विवाद सर्वोच्च अदालतमा