धनगढीमा अस्पताल चलाउन बनाएको भवनमा चर्च, उपमहानगरले चलायो डोजर | Khabarhub Khabarhub

धनगढीमा अस्पताल चलाउन बनाएको भवनमा चर्च, उपमहानगरले चलायो डोजर


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

धनगढी- अस्पताल खोल्ने अनुमति लिएर बनाइएको एउटा दुईतले भवनमा डोज चलाइएको छ ।

धनगढी उप-महानगरपालिका-७ मनेहरामा लेट मेइन धनगढी प्रालिले घर नक्सा पासविपरीत संरचना बनाएर चर्च चलाएपछि डोजर लगाएर भत्काइएको हो ।

नेपाल लाइफ वर्ल्ड मिसनका नाम अस्पताल खोल्ने भनी चर्च चलाइएको स्थानमा घर नक्सा पासविपरीत निर्माण भएका अवैध संरचना धनगढी उप-महानगरपालिकाले भत्काइदिएको हो।

लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निमार्ण गरेको भवनका अवैध संरचनाहरू मंगलबार नगरप्रहरी र डोजर परिचालन गरेर तोडिएको हो।

घर नक्सा पासविपरीतका संरचना बनाएको पाइएपछि भत्काइएको उमपहानगरपालिकाका मेयर गोपाल हमालले बताएका छन् ।

यसअघि उपमहानगरको वडा नम्बर ७ कार्यालयले सोमबार मात्रै ७ लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेज गरेको थियो।

लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सीपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजनसहित व्यवसाय दर्ता गराएको थियो।
नेपाल लाइफ वर्ड मिसनले २०८१ वैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको थियो।

तर ती कम्पनीले लिएको जग्गामा अस्पताल बनाउने भन्दै चर्च चलाइएको थियो । दुई करोडको लागतमा दुई तले चर्च निर्माण गरिएको पाइएपछि दर्ता खारेज गरिएको हमालले बताए । यसअघि उक्त कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ३ : ४५ बजे

परराष्ट्रमन्त्री आरजु राणा इटाली प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही ‘जुन

राजाजी डाँडाबाट सलहेस सर्किट : लहानको नयाँ पर्यटकीय सपना

सिरहा– लहान नगरपालिका–१६ मा अवस्थित राजाजी डाँडा अब केवल एउटा

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल

मधेशमा कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश

बाराबाट राजश्व छलीको ४३ लाखको सामानसहित ट्रक नियन्त्रण

बारा– जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले सिमरा–बीरगञ्ज सडकखण्डमा चेकजाँचका क्रममा