भारतमा रेल दुर्घटना हुँदा दुई जनाको मृत्यु, २० घाइते | Khabarhub Khabarhub

भारतमा रेल दुर्घटना हुँदा दुई जनाको मृत्यु, २० घाइते


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको पूर्वी राज्य झारखण्डमा मंगलबार रेल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । साथै २० जना घाइते भएको अधिकारीहरूले बताएका छन् । 

दुर्घटना झारखण्डको राजधानी राँचीबाट करिब १२३ किलोमिटरमा रहेको पश्चिम सिंहभूम जिल्लाको चक्रधरपुरको बडाबाम्बु स्टेशन नजिकै भएको उनीहरूले बताएका छन् ।

‘बडाबाम्बु नजिकै हावडा–मुम्बई मेल एक्सप्रेसको रेलका १८ वटा डिब्बा लिकबाट खस्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। एनडीआरएफको टोली घटनास्थलमा खटिरहेको छ र उद्धार कार्य जारी छ ‘, दुर्घटनास्थलमा रहेका पश्चिम सिंहभूमका उप–आयुक्त कुलदीप चौधरीले बताए।

अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त रेल हावडाबाट मुम्बईको छत्रपति शिवाजी महाराज टर्मिनसतर्फ जाँदै गरेको थियो  ।

रेलवे अधिकारीहरूले राहत र उद्धार कार्यका लागि कर्मचारीसहित आवश्यक राहत र चिकित्सा उपकरण तुरुन्तै घटनास्थलमा पुर्याएको जनाएका छन् । साथै प्रभावित यात्रुलाई बसमार्फत नजिकैको रेलवे स्टेसनमा लागी बाँकी यात्राका लागि विशेष रेलको व्यवस्था गरिएको उनीहरूले बताएका छन् ।

अधिकारीहरूले रेलको लिकबाट खसेका १८ डिब्बामध्ये  १६ वटामा  यात्रु सवार रहेका , एउटामा पावर कार र एउटामा प्यान्ट्री कार रहेको जनाएका छन् ।  

हावडा–मुम्बई मेल एक्सप्रेसको रेल लिकबाट खसेपछि छेउमा रहेको मालवाहक रेलसँग ठोक्किँदा  यो दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

यसैबीच, भारतीय रेलवेले यात्रुलाई सहयोग गर्न हेल्पलाइन नम्बरहरू पनि जारी गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ३ : ४१ बजे

शीतलहरले नेपालगञ्जमा हवाई सेवा प्रभावित

बाँके– बाक्लो हुस्सु लागेका कारण ‘भिजिबिलिटी’ कम हुँदा आज बिहानैदेखि

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई

पाँचखालमा ऐतिहासिक पुरातात्विक सम्पदा उत्खनन गरिने

काभ्रे– पुरातत्व विभागले पाँचखाल नगरपालिका–७ स्थित पुरातत्वस्थलमा रहेका प्राचीन सम्पदा

२१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद

पर्सा– सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले सक्रियता बढाएसँगै पर्सामा

६ महिनामा १९ करोड राजस्व सङ्कलन

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा