सांसदको माग : दुर्घटना धेरै भयो थोत्रा बस चलाउन रोकौँ « Khabarhub

सांसदको माग : दुर्घटना धेरै भयो थोत्रा बस चलाउन रोकौँ


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका सांसद जीवन परियारले सार्वजनिक तथा विद्यालयका बस थोत्रा हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै पुराणा बस सञ्चालनमा रोक लगाउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले दुर्घटना न्यूनीकरणका योजना कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । 

‘स्कुल बस र सार्वजनिक बस निकै पुराना भएकाले पनि दुर्घटनाको जोखिम बढेको छ, सरकारले यसलाई नियमन गर्नुपर्छ’, उनले भने, ‘घुम्ती सडकमा छेकबार तथा संकेत चिह्न नहुँदा दुर्घटना हुने गरेका छन्, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेलैमा ध्यान दिनुपर्छ ।’

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सांसद सूर्यप्रसाद ढकालले बाँकेको राप्तीसोनारी गाउँपालिका– ७ झगडिया क्षेत्रमा राप्ती नदीमा यथाशीघ्र तटबन्धको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

‘बेलैमा तटबन्ध गरिएन भने राप्तीसोनारी–७ को आधा गाउँ र नरैनापुर गाउँपालिकाका सबै वडा डुबान जोखिममा पर्ने र ६० हजार बढी जनता विस्थापित हुने देखिएको छ, यतातर्फ सरकार र सिङ्गो सदनको ध्यान जानुपर्छ’, उनले भने। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले धादिङ जिल्ला अस्पतालभित्र राजनीति गतिविधि व्याप्त भएको दाबी गर्दै अस्पताल व्यवस्थापन समितिलाई पार्टीको भ्रातृ सङ्गठन बनाइएकामा विरोध गरे । 

‘अस्पतालमा कार्यरत सक्षम जनशक्तिलाई टिक्न नदिई सरुवा गराउन गरिएको छ, स्वास्थ्य संस्थालाई यसैगरी अघि बढाउने हो भने स्वास्थ्य क्षेत्रमा सुधार हुन्छ रु स्वास्थ्य क्षेत्रमा राजनीतिक दलले गैरजिम्मेवार काम गर्न हुँदैन’, उनले भने । 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले चितवनको सीमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजी प्रभावकारी हुन नसकेको उल्लेख गरे । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले वैदेशिक रोजगारी जाने युवाहरू ठगी बढिरहेको तथ्य प्रस्तुत गर्दै ठगी नियन्त्रणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए। 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले रुस-युक्रेन युद्धमा घाइते भएका दैलेखका दुई युवाका उद्धार गरी स्वदेश फर्काउन सरकारसँग माग गरे। 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ४ : २७ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल