नङ र कपाल काट्दा किन दुख्दैन ? « Khabarhub

नङ र कपाल काट्दा किन दुख्दैन ?


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  हाम्रो शरीरको कुनै भागमा सानो चोट लाग्दा पनि दुखाइ महसुस गर्छौँ । कहिलेकाहीँ दुखाइ यति गहिरो हुन्छ कि दुखाइ निवारक औषधि खानुपर्छ। छाला काट्दा वा च्याप्दा दुख्नु स्वाभाविक हो तर हाम्रो आफ्नै शरीरको अङ्ग भए पनि कपाल र नङमा यस्तो हुँदैन ।

नङ र कपाल काट्दा कुनै पीडा हुँदैन। यसबाट मानिसहरू अचम्ममा पर्छन् तर यो साँच्चै अनौठो कुरा हो । नङ र कपाल काट्दा भने  कहिले पनि दुख्दैन ।

एक छिन सोचौँ त शरीरको अन्य भागमा चोट लाग्दा दुख्ने तर नङ र कपाल काट्दा किन नदुखेको होला । एकै छिन सोच्ने हो भने हामीलाई अनौठो महसुस हुन्छ ।

शरीरविज्ञानको दृष्टिकोणले नङ र कपालमृत कोशिकाबाट हुने भएकाले त्यसलाई काट्दा हामीलाई नदुखेको हो । कपाल पूरै मृत कोशिकाबाट बनेको हुन्छ भने नङ पुरै मृत कोशिकाबाट बनेको हुँदैन ।

नङ काट्दा ख्याल गर्नुभएको नै होला, बढेको नङ काट्दा मात्रै हामीलाई दुख्दैन । तर छालासँग टाँसिएको नङ भाँचियो वा चोट लाग्यो भने हामी पिडा महसुस गर्छौँ ।

यसको अर्थ औलाको टुप्पोमा छालासँग नटाँसिएको अर्थात् बढेको नङ मात्रै मृत कोशिकाबाट बनेको हुन्छ । जुन नङ काट्दा हामीलाई दुख्दैन । तर छालासँग जोडिएका नङ जीवित कोशिकाबाट बनेको हुनाले त्यसमा चोट लाग्दा हामीलाई दुख्छ ।

–एजेन्सि

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : ०६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल