मन्त्री यादवको निर्देशन- सबैको घरमा खानेपानी पुर्‍याउनू | Khabarhub Khabarhub

मन्त्री यादवको निर्देशन- सबैको घरमा खानेपानी पुर्‍याउनू


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं खानेपानीमन्त्री प्रदीप यादवले आमनागरिकको घरघरमा शुद्ध खानेपानीको सहज पहुँच पुर्‍याउने गरी काम गर्न निर्देशन दिएका छन्  ।

खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री यादवले हरेक नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा ल्याउनुपर्ने बताए। 

उनले भने, ‘जनताको शुद्ध खानेपानी खाने सपना सबै मिलेर पूरा गर्नुपर्छ । यस क्षेत्रमा आवश्यक पर्ने बजेटका लागि मैले पहल हरसम्भव प्रयास गर्नेछु ।’

मन्त्री यादवले जलवायु परिवर्तनलगायत कारण तराईलगायतका क्षेत्रमा खानेपानीका स्रोत सुक्दै जानु चिन्ताको विषय भएको भन्दै यस समस्याको दीर्घकालीन समाधानका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘जलवायु परिवर्तनका कारण तराईका क्षेत्रमा चापाकल सुकेर पानी आउन बन्द भएको छ, आकाशे पानी परेका बेला पानी आउने गरे पनि फेरि चापाकल सुक्ने समस्या छ । पहाड, तराई र हिमालमा खानेपानीको समस्या छ’, उनले भने, ‘यस्ता समस्या समाधान गरी सबै क्षेत्रका जनतालाई शुद्ध पानी खुवाउनु हाम्रो काम हो ।  त्यसैले सबै मिलेर काम गरौँ, पक्कै सफलता मिल्ने छ ।’

यसैगरी मन्त्री यादवले गरीब, निमुखा तथा दिनभरि मजदुरीगरी पेट पाल्दै आएका नागरिकलाई कसरी शुद्ध खानेपानी वितरण गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन आग्रह गरे। 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : ११ बजे

वाक्य जीवन, डिक जवानी, कमा बुढ्यौली, पूर्णविराम मृत्यु

अमेरिकी र जापानी जुत्ताका एजेन्ट एउटै जहाज चढेर अफ्रिका गएछन्।

बागलुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

ढोरपाटन – गलकोट नगरपालिका-२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको

गिरीबन्धु टी-इस्टेटको गेटमा कुकर बम र माओवादीको पर्चा

झापा – झापाको विर्तामोडस्थित गिरीबन्धु टी-इस्टेट उद्योगको गेट अगाडि कुकर

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली

कर्णाली – कर्णालीमा आगामी मङ्सिर २-९ गतेसम्म हुने दशौँ राष्ट्रिय

ह्यारिससँग दोस्रो बहस गर्न तयार भएनन् ट्रम्प

न्युयोर्क – ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचन अघि डेमोक्र्याट