गृहमन्त्री भन्छन्- प्रहरी घर-घरमा पुग्न सक्दैन, पालिकाहरूले पनि सघाउनु पर्छ « Khabarhub

गृहमन्त्री भन्छन्- प्रहरी घर-घरमा पुग्न सक्दैन, पालिकाहरूले पनि सघाउनु पर्छ


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले मानव बेचबिखनको अपराध अन्तर्राष्ट्रिय रुपमै फैलिएको बताएका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोद्वारा मंगलबार जावलाखेलमा आयोजित मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रममा यसको दुष्प्रभाव विश्वभर विस्तार भइसकेको उनले बताए ।

उनले मानव बेचबिखनलाई साझा दुश्मनका रुपमा लिएर काम गर्नुपर्ने बताउँदै भने, ‘मानव बेचबिखनविरुद्धको लडाइँ निर्मम हुनुपर्छ ।’

शून्य सहनशीलता अपनाएर सरकारले मानव बेचबिखनविरुद्धको अभियानमा पूरा साथ दिने प्रतिबद्धता जनाए ।

‘मानव बेचबिखनविरुद्धको लडाइँमा प्रहरीले मात्रै, होइन सबै लाग्नुपर्छ’, उनले भने, ‘नागरिकमा जनचेतना फैलाउन आवश्यक छ । यसमा विद्यार्थी र शिक्षकले काम गरिदिनुपर्यो ।’

उनले मानव बेचबिखनविरुद्ध पालिकाहरूले पनि साथ दिनुपर्ने बताए । ‘प्रहरी घरघरमा पग्न सक्दैन । मानव बेचबिखनविरुद्ध पालिकाले पनि काम गरिदिनुपर्छ’, उनले भने, ‘मानव बेचबिखनविरुद्धको लडाइँमा केही वर्षभित्रै सकरात्मक परिणाम देखिन्छ । मानव बेचबिखनको अपराधको अनुसन्धानका लागि ३ महिना तोक्न कानुन संशोधन गर्नुपर्छ । अनुसन्धानका लागि २५ दिनको समय पर्याप्त हुँदैन ।’

मानव बेचबिखन अपराधको अनुसन्धानको समय ३ महिना बनाउन गृह मन्त्रालयले कानुन संशोधनका लागि पहल गर्ने वचन पनि उनले प्रहरीलाई दिएका छन् ।

 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : ४७ बजे

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ