गृहमन्त्री भन्छन्- प्रहरी घर-घरमा पुग्न सक्दैन, पालिकाहरूले पनि सघाउनु पर्छ | Khabarhub Khabarhub

गृहमन्त्री भन्छन्- प्रहरी घर-घरमा पुग्न सक्दैन, पालिकाहरूले पनि सघाउनु पर्छ


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले मानव बेचबिखनको अपराध अन्तर्राष्ट्रिय रुपमै फैलिएको बताएका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोद्वारा मंगलबार जावलाखेलमा आयोजित मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रममा यसको दुष्प्रभाव विश्वभर विस्तार भइसकेको उनले बताए ।

उनले मानव बेचबिखनलाई साझा दुश्मनका रुपमा लिएर काम गर्नुपर्ने बताउँदै भने, ‘मानव बेचबिखनविरुद्धको लडाइँ निर्मम हुनुपर्छ ।’

शून्य सहनशीलता अपनाएर सरकारले मानव बेचबिखनविरुद्धको अभियानमा पूरा साथ दिने प्रतिबद्धता जनाए ।

‘मानव बेचबिखनविरुद्धको लडाइँमा प्रहरीले मात्रै, होइन सबै लाग्नुपर्छ’, उनले भने, ‘नागरिकमा जनचेतना फैलाउन आवश्यक छ । यसमा विद्यार्थी र शिक्षकले काम गरिदिनुपर्यो ।’

उनले मानव बेचबिखनविरुद्ध पालिकाहरूले पनि साथ दिनुपर्ने बताए । ‘प्रहरी घरघरमा पग्न सक्दैन । मानव बेचबिखनविरुद्ध पालिकाले पनि काम गरिदिनुपर्छ’, उनले भने, ‘मानव बेचबिखनविरुद्धको लडाइँमा केही वर्षभित्रै सकरात्मक परिणाम देखिन्छ । मानव बेचबिखनको अपराधको अनुसन्धानका लागि ३ महिना तोक्न कानुन संशोधन गर्नुपर्छ । अनुसन्धानका लागि २५ दिनको समय पर्याप्त हुँदैन ।’

मानव बेचबिखन अपराधको अनुसन्धानको समय ३ महिना बनाउन गृह मन्त्रालयले कानुन संशोधनका लागि पहल गर्ने वचन पनि उनले प्रहरीलाई दिएका छन् ।

 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : ४७ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित