बाँकेमा धार्मिक पर्यटन मार्ग योजना अलपत्र « Khabarhub

बाँकेमा धार्मिक पर्यटन मार्ग योजना अलपत्र


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

राँझा – बाँकेमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु गरिएको धार्मिक पर्यटन मार्ग योजना अलपत्र परेको छ ।

जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटन मार्गको अवधारणा अगाडि बढाइए पनि बजेट अभावमा योजना कार्यान्वयन हुन नसकेको मदन भण्डारी धार्मिक पर्यटन मार्ग संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष कृष्ण भुसालले बताए।

उनका अनुसार बाँकेका ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर तथा धार्मिक क्षेत्रलाई नेपालगञ्जको बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्याउनेगरी पर्यटन मार्गको कल्पना गरिएको छ । 

यो धार्मिक पर्यटन मार्गमा बाँके राप्तीसोनारी गाउँपालिका–१ स्थित शिवमन्दिर, वडा नं ३ बैजापुरस्थित भुवरभवानी मन्दिर, वडा नं ४ स्थित वर्फानी बाबा, वडा नं ७ फत्तेपुरस्थित पोखरामाता मन्दिर, नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर हुँदै नेपालगञ्जको बागेश्वरी मन्दिरलाई राखिएको छ । 

त्यसैगरी कोहलपुरको कालिका मन्दिर, रामजानकी मन्दिर हुँदै बैजनाथ गाउँपालिकामा रहेको मानसरोवर प्रतीकस्थलमा पुर्याउने र अन्तिममा गाभरक्षेत्रमा रहेको पारिजात बगानमा पुर्याउने गरी मार्ग तय गरिएको अध्यक्ष भुसालले बताए।  

“जिल्लामा रहेका कतिपय ऐतिहासिक मठमन्दिरको प्रचारप्रसार र संरक्षण नहुँदा जीर्ण भएका छन् भने जिल्लामै रहेका त्यस्ता धार्मिक पर्यटकीयस्थलका बारेमा जिल्लावासीलाई जानकारी नभएको अवस्था छ’, अध्यक्ष भुसालले भने, ‘धार्मिक पर्यटकीय क्षेत्रको प्रचार गर्ने जिल्लावासीलाई घुमाउने र संरक्षण गर्न समिति प्रयासरत रहेको छ ।’

पर्यटन मार्ग बनाएर प्रचारप्रसार गर्दा एकैपटक धेरै धार्मिकस्थलको अवलोकन गर्न सकिने भएकाले यसले पर्यटन प्रवर्द्धनमा सकरात्मक भूमिका निर्वाह गर्ने जिल्ला पर्यटन प्रवर्द्धन समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए। 

धार्मिक पर्यटन मार्गले सहरका आन्तरिक धार्मिक पर्यटकलाई गाउँगाउँसम्म पुग्ने र समाज बुझ्ने अवसर प्रदान गर्ने गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए। उनले गाभरमा रहेको पारिजात बगानलाई समेत मार्गमा समेटिएकाले यसले समग्र गाभर क्षेत्रकै पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गरे।

बाँकेमा अहिले ग्रामीण क्षेत्रमा रहेका सन्तानेश्वर, बाबा वर्फानी, भुवरभवानीलगायत पर्यटकीय क्षेत्रमा दैनिकजसो सर्वसाधारण जाने गरेका छन् भने नेपालगञ्जको बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीमा भीड लाग्ने गरेको छ । 

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जिल्लामा रहेका ऐतिहासिक मठमन्दिर तथा धार्मिकस्थलको प्रवर्द्धन र संरक्षण गर्नेगरी काम गर्न चालु आथिक वर्षमा एक करोड बजेट विनियोजन भएको बताए। उक्त बजेट बाँकेको ग्रामीण क्षेत्रका ऐतिहासिक मन्दिर तथा धार्मिक क्षेत्रलाई नेपालगञ्जको बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्याउने गरी पर्यटन मार्ग निर्माणमा कार्यान्वयन गरिने उनको भनाइ  छ ।  आर्थीक

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ६ : ५३ बजे

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान

एलपी ग्यास सिलिन्डर म्यापिङ गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर– मोरङको विराटनगर नाका भई आर्थिक वर्ष २०८२/८३ मा तेस्रो

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द