भारतको आर्थिक वृद्धि दर घट्यो « Khabarhub

भारतको आर्थिक वृद्धि दर घट्यो


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जुनमा समाप्त हुने त्रैमासिकमा भारतको आर्थिक वृद्धि घटेर छ दशमलव सात प्रतिशत भएको शुक्रबारको आधिकारिक आँकडाले देखाएको छ ।

कम सरकारी खर्च र कम उपभोक्ता खर्चका कारण विश्वको पाँचौँ सबैभन्दा ठूलो अर्थतन्त्र भारतको अर्थतन्त्रमा असर गरेको छ ।

शुक्रबारको आँकडाले अझै पनि विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतलाई विश्वव्यापी स्तरमा सबैभन्दा तीव्ररूपमा वृद्धि हुने प्रमुख अर्थतन्त्रहरूमा राखेको छ ।

यद्यपि यो आँकडा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि अप्रिय खबर हो । उनको पार्टीले जुनमा भएको निर्वाचनपछि आश्चर्यजनक रूपमा संसदीय बहुमत गुमाउनु परेको थियो ।

यसले भारतीय रिजर्व बैंकमाथि ब्याज दरहरूलाई १८ महिनाभन्दा धेरै समयसम्म छ दशमलव पाँच प्रतिशतमा स्थिर राखेपछि कटौती गर्न पनि दबाब दिन सक्छ ।

वार्षिक आधारमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) पाँच त्रैमासिकमा सबैभन्दा सुस्त गतिले बढेको छ र भारतीय केन्द्रीय बैंकको सात दशमलव एक प्रतिशतको अनुमानभन्दा तल आएको छ ।

गत वर्ष मार्चमा समाप्त हुने त्रैमासिकमा भारतीय अर्थतन्त्र वार्षिक आधारमा सात दशमलव आठ प्रतिशतसम्म विस्तार भएको थियो ।

सरकारी पूँजीगत खर्चमा सुस्तताका कारण वृद्धिको गति केही हदसम्म सुस्त भएको विशेषज्ञहरूले बताएका छन् । व्यवसायहरूले पसलमा ग्राहकहरूको सङ्ख्या र सहरी उपभोगमा अवरोधका लागि मुलुकका केही भागमा लामो समयसम्म चलेको गर्मीलाई पनि जिम्मेबार मानेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ८ : १८ बजे

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै