गौतमबुद्ध विमानस्थलको निरीक्षणपछि मन्त्री पाण्डेयले भने : नियमित सञ्चालन गर्छौ « Khabarhub

गौतमबुद्ध विमानस्थलको निरीक्षणपछि मन्त्री पाण्डेयले भने : नियमित सञ्चालन गर्छौ


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले शुक्रबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।

मन्त्री भएपछि पहिलो पटक विमानस्थल आएका मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि सरकारले गरेका पछिल्ला निर्णय र कार्यान्वयनका सम्बन्धमा विमानस्थलको स्थलगत निरीक्षण गरेका हुन् ।

निरीक्षणपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री पाण्डेले सरकारले निकै जिम्मेवारीपूर्वक भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि उत्साहपूर्वक कार्ययोजना बनाएर अगाडि बढेको बताए । उनले विमानस्थल सञ्चालनका लागि सरकारले सेवाशुल्कमा छुट सहित हवाई कम्पनीहरुलाई आर्कषित गराउन खोजिएको बताए ।

उनले गौतमबुद्ध विमानस्थल बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिएको बताउँदै यसैलाई अन्तर्राष्ट्रिय यात्रु ल्याउने माध्यम बन्ने बताए । मन्त्री पाण्डेयले भिस्सा अफिस, श्रम लगायतका अत्यावश्यक सेवाहरू भैरहवाबाटै शुरू गर्ने निर्णय गरेको बताए ।

बुद्वजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको विमानस्थलमा नियिमत उडानका लागि मन्त्रालयका तर्फबाट पहलकदमी भईरहेको बताए । निरीक्षण अघि विमानस्थलको अवस्थाका बारेमा गरिएको बिफ्रिङमा विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफूहरुका तर्फबट बौद्ध राष्ट्रहरुसँग उडानका लागि पहल गरेको बताए । उनले श्रीलंका, भियतनाम, चिन लगायतका मुलुकका उच्च पदस्थ अधिकारीहरुसँग बुद्धजन्मस्थलमा रहेको विमानस्थलमा उडान भर्न आग्रह गरिएको र सकरात्मक जवाफ आएको बताए ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ८ : ४८ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी