देशभरको मौसम बदली, केही भूभागमा वर्षा हुने « Khabarhub

देशभरको मौसम बदली, केही भूभागमा वर्षा हुने


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव समेत रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राती कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका थोरै र बागमती प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टामा देशका केही भूभागमा वर्षा हुने भएकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको सबैमा अनुरोध छ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ६ : २७ बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा