जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन « Khabarhub

जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जनकपुर – जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । मापदण्ड विपरीत सञ्चालित मासु पसलको कारण स्थानीय माछा बजार, रेल्वे स्टेशन, पिराडी चोक लगायतको स्थान दुर्गन्धित बनेको छ । जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी प्रभाकर झाका अनुसार मासु पसल अनुगमन गर्ने क्रममा अधिकांश पसलको दर्ता नरहेको पाइएको हो ।

उनले मासु काट्ने अचानो झिँगाले भरिएको, जताततै फोहरको डङ्गुर जस्ता समस्या देखिए पनि ऐन अभावमा कारबाही गर्न नसकिएको बताए । “जनकपुरधाम उपमहानगरपालिकामा रहेकामध्ये ५० प्रतिशतभन्दा बढी मासु पसल अवैध छन्”, उनले भने ।

यहाँ सञ्चालनमा रहेको मासु पसलको यकिन तथ्याङ्क नभए पनि अधिकांश पसल अवैध र मापदण्ड विपरीत सञ्चालनमा रहेको झाले बताए । उपमहानगरपालिकाभित्र अनुमानित एक सयभन्दा बढी सङ्ख्यामा मासु पसल सञ्चालनमा छन् । सोमध्ये केही खुला रुपमै बिक्री वितरण हुँदै आएको छ । “कारबाही गर्ने अधिकार स्थानीय तहलाई छ तर मासु जाँच ऐन २०५५ परिमार्जन नभएकोले कारबाही गर्न सकिएको छैन”, उनले भने ।

ऐन परिमार्जनबारे तीनै तहको सरकारबीच छलफल भएको प्रमुख झाले जानकारी दिए । सरसफाइ अभावमा विभिन्न प्रकारका सरुवा रोग फैलिने सम्भावना बढेको उपभोक्ता हित संरक्षण मञ्च धनुषाका अध्यक्ष बटुकनाथ झाको गुनासो छ ।

अखाद्य वस्तु खुवाएर जनताको स्वास्थ्यसँग खेलबाड गर्ने अधिकार कसैलाई नभएकोले सम्बन्धित निकाय तत्काल गम्भीर हुन जरुरी रहेको सामाजिक अभियन्ता अमितकुमार ठाकुर बताउँछन् ।

“माछामासु पसल उपभोक्ताको हित विपरीत सञ्चालनमा छन् । यसले सिधै मानव स्वास्थ्यमा असर परिरहेको छ”, ठाकुरले भने, “स्थानीय सरकारले बजार अनुगमनलाई तीव्रता दिनुका साथै माछामासु पसलका लागि व्यवस्थित बजार र पशुवधशालाको व्यवस्था गर्नुपर्छ ।”

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाका प्रमुख डा सञ्जिवकुमार ठाकुरले न्यूनतम मापदण्ड पूरा नगरी माछा तथा पशुपक्षीका मासु बिक्री गर्ने पसल सञ्चालनमा रहेको स्वीकार गरे ।

नगरपालिकाले नियमित अनुगमन गरेर न्यूनतम मापदण्ड पूरा नगर्ने मासु पसललाई कारबाही गर्न अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । “हामीले नियमित अनुगमन गर्दै आएका छौँ, तर प्रभावकारी नभएकाले उपभोक्ता सचेत हुनुको विकल्प छैन”, डा ठाकुरले भने ।

अस्वस्थकर मासु खुवाएर जनताको स्वास्थ्यमा खेलबाड गर्ने मासु व्यापारी तथा व्यवसायीको पसल बन्द हुनुपर्ने अर्का पशु विज्ञ डा पवनकुमार झा बताउँछन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ८ : २६ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान