हेलिकप्टरमार्फत दुई गर्भवतीको उद्धार « Khabarhub

हेलिकप्टरमार्फत दुई गर्भवतीको उद्धार


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

पाँचथर – बाढीका कारण सडक अवरुद्ध भएपछि अस्पताल जान नसकेका यहाँका दुई गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्लाको फालेलुङ गाउँपालिका–३ का गर्भवतीलाई गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आज उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको हो ।

३० वर्षीया सुजा जबेगू र १८ वर्षीया भूमिका चौहानलाई आज एक/एक जना सहयोगीसहित काठमाडौँ पठाइएको फालेलुङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सुरज पासवानले जानकारी दिए ।

पासवानका अनुसार गर्भवती सुजालाई सुत्केरीका लागि चिकित्सकले दिएको समय पुगेपनि सडक नहुँदा स्वास्थ्य संस्था जान नसकी घरमै बसेका थिए । भूमिकाको पेटमा रहेको बच्चाको तौल पर्याप्त नभएकाले सुविधा सम्पन्न अस्पताल लैजान चिकित्सकले सुझाव दिएका थिए ।

अविरल वर्षापछि असार १२ गते आएको बाढीले फालेलुङ गाउँपालिका जोड्ने हेवा खोला र फेमे खोलाको पुल बगाएपछि सदरमुकाम फिदिम तथा मेची राजमार्गसँगको सडक सम्पर्क विच्छेद भएको छ । मेची राजमार्गको फिदिम नगरपालिका–२ रमितेस्थित सडक भत्किएर सञ्चालन हुन सकेको छैन ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ९ : १९ बजे

बाढी प्रभावितलाई लक्ष्मीनिया गाउँपालिकाको ३० लाख सहयोग

जनकपुर– धनुषाको लक्ष्मीनिया गाउँपालिकाले करिब ३० लाख रुपैयाँ सहयोग गर्ने

बाढीको सातापछि संसद्मा उभिए प्रधानमन्त्री, क्षति उद्धारको विवरण सुनाउँदै

कााठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको भीषण बाढीपछि पहिलो

यो विपत्तिमा दृढतापूर्वक लड्ने विकल्प छैन : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशमा आएको विपत्तिसँग लड्ने विकल्प नभएको

कालो चस्मामै प्रधानमन्त्री शाहको सदनमा सम्बोधन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले कालो चस्मा लगाएर प्रतिनिधिसभामा सम्बोधन गर्दैछन्। आँखामा

संसद्‌मा प्रधानमन्त्री वालेन्द्रको सम्बोधन (लाइभ)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन गरिरहेका