इप्पानले माघमा २५औँ वार्षिकोत्सव मनाउने | Khabarhub Khabarhub

इप्पानले माघमा २५औँ वार्षिकोत्सव मनाउने


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाउने भएको छ । २०५७ साल माघ ४ गते इप्पानको स्थापना भएको थियो ।

वार्षिकोत्सवको अवसरमा रजत जयन्ती आगामी माघ ४ गते काठमाडौंमा विशेष कार्यक्रमसहित भव्य रुपमा मनाउने निणर्य गरेको इप्पानले जनाएको छ ।

उक्त कार्यक्रमा ऊर्जा समृद्धि विशेष स्मारिका प्रकाशनका साथै विभिन्न विधामा अवार्डहरु दिने इप्पान कार्यसमितिको १८७औँ बैठकले औपचारिक निर्णय गर्दै रजत जयन्तीका लागि छुटै लोगो र नारा समेत अनुमोदन गरेको इप्पानले जनाएको छ ।

‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ इप्पानको रजत जयन्तीको नारा रहेको छ । त्यस्तै रजत जयन्तीको पूर्वसन्ध्यामा विभिन्न खेलकुद कार्यक्रमहरु आयोजना गरिनेछन् । जसमा फुटसल तथा ब्याडमिन्टन प्रतियोगिता, रक्तदान कार्यक्रम, इभी ¥याली, निबन्ध लेखन प्रतियोगिता, छोटो वृत्तचित्र निर्माण प्रतियोगिता र फोटो प्रतियोगिता आयोजना गरिने इप्पानका महासचिव बलराम खतिवडाले जानकारी दिए ।

इप्पान डे को दिन विभिन्न विधामा इप्पान अवार्ड प्रदान गरिने छ भने २५ वर्षे यात्रामा साथ र सहयोग गर्ने विभिन्न संघसंस्थालाई सम्मान गर्ने खतिवडाले जानकारी दिए ।

इप्पान क्षेत्रका ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरु सदस्य रहेका छन् । देशको कुल विद्युत जडित क्षमता ३२३५ मेगावाट पुग्दा निजी क्षेत्रको सहभागीतामा मात्रै २५४८ मेगावाट अर्थात कुल जडित क्षमताको करिव ८० प्रतिशत विद्युत उत्पादन हुनुका साथै ३९४७ मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन र ४५४५ मेगावाट क्षमताका आयोजनाहरु विद्युत खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न गरी वित्तिय व्यवस्थापनको पर्खाइमा रहेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  १२ : ०८ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य