काठमाडौं– गत आर्थिक वर्षको मुनाफाबाट ६ वटा बैंकले लाभांश घोषणा गरेका छन् । अहिलेसम्ममा ७ वटा वाणिज्य र १ वटा विकास बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।
अहिलेसम्म सार्वजनिक भएको लाभांशमा सबैभन्दा धेरै लाभांश स्ट्यान्डर्ड चार्टर बैंकले घोषणा गरेको छ । यस्तै, सबैभन्दा कम लाभांश घोषण गर्नेमा सिटिजन्स बैंक रहेको छ । यस बैंकले गत वर्षको मुनाफाबाट ४ दशमलव ४१ प्रतिशत मात्रै लाभांश दिने निण गरेको छ । निर्णय
यी हुन् लाभांश घोषणा गरेका बैंकहरु :
स्ट्यान्डर्ड चार्टर बैंक : यस बैंकले घोषणा गरेको लाभांश अहिलेसम्म सार्वजनिक भएका लाभांशमध्ये सबैभन्दा बढी हो । यस बैंकले गत वर्षको मुनाफाबाट शेयर धनीहरूलाई २५ दशमलव ५० प्रतिशत दिने घोषण गरेको छ ।
बैंकको कात्तिक १३ गते बसेको बैठकले आफ्ना शेयरधनीहरुलाई उक्त लाभांश दिने निणर्य गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत जनाएको छ । घोषणा गरेको २५ दशमलव ५० प्रतिशत लाभांशमध्ये १९ प्रतिशत नगद रहेको छ भने ६ दशमलव ५० प्रतिशत बोनस रहेको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैक र बैकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपछि तोकिएको मितिसम्म कायम शेयरधनीहरुले लाभांश पाउनेछन् ।
एभरेष्ट बैंक : यो बैंक यस वर्ष लाभांश घोषण गर्ने पहिलो बैंक पनि हो । बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने निणर्य गरेको हो । भदौ २१ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।
एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ २१ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल रहेको छ । बैंकको हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँ रहेको छ ।
ग्लोबल आइएमई बैंक : नाफामा सबैभन्दा पहिलो बैंक रहेको ग्लोबल आइएमई बैंकले पनि यस वर्ष ५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंक संचालक समितिको असोज २१ गते बसेको बैंठकले शेयर धनीहरूलाई उक्त लाभांश दिने निणर्य गरेको हो । बैंकले गत वर्षको नाफाबाट ५.५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको हो ।
ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले ५.५ प्रतिशत लाभांश घोषणा गरेको हो । यस बैंकले अघिल्लो वर्ष ९ प्रतिशत लाभांश दिएको थियो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १८औं वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिने छ ।
सानिमा बैंक : बैंकले यस वर्षलाई ५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले गत वर्षको नाफाबाट ५।२६३२ प्रतिशत लाभांश दिने निणर्य गरेको हो ।
यस बैकले अघिल्लो वर्ष भने १४.७० प्रतिशत लाभांश बाँडेको थियो । यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी आवको साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन् ।
प्राइम कमर्सियल बैंक : बैंकले यस पटकलाई ५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको कात्तिक ११ गते बसेको बैठकले शेयरधनीहरुलाई उक्त लाभांश दिने निणर्य गरेको नेप्से मार्फत जानकारी दिएको छ ।
बैंकले कर प्रयोजन सहित ९७ करोड रुपैयाँ बराबरको ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यस बैंकले अघिल्लो वर्ष भने लाभांश वितरण गरेको थिएन ।
नबिल बैंक : नबिल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
यस बैंकको शेयरहोल्डरले प्रतिकित्ता १० रुपैयाँका दरले नगद लाभांश पाउने छन् । यो लाभांश आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकले यो पटक घोषणा गरेको लाभांश हालसम्मकै न्यून हो । बैंकले अघिल्लो वर्ष ११.५ प्रतिशत नगद र १८.५० प्रतिशत बोनससहित कुल ३० प्रतिशत लाभांश दिएको थियो ।
सिटिजन्स बैंक इन्टरनेशल : बैंकले यस पटकलाई ४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज ७ गते बसेको बैंकले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत नगद लाभांश र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बोनस शेयर घोषणाका लागि बैंकले ५६ करोड ८० लाख रुपैयाँ खर्च गर्नेछ । त्यस्तै, नगद लाभांशका लागि २ करोड ९८ लाख रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । यो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ बैंकले जनाएको छ ।
कामना सेवा विकास बैंक : विकास बैंकहरुमा एकमात्र विकास बैंक कामना सेवा विकास बैंकले मात्रै लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको शुक्रबार वसेको संचालक समितिको यो वर्ष आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभाशं घोषणा गरेको छ । ७ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १२ प्रतिशत लाभाशं घोषणा गरेको हो ।
उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १८ औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात सेयरधनीहरुले उक्त लाभाशं प्राप्त गर्नेछन् । यो संगै लाभाशं घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ ।
प्रतिक्रिया