लक्ष्मी पूजाका दिन अपनाउनुपर्छ यस्ता सावधानी « Khabarhub

लक्ष्मी पूजाका दिन अपनाउनुपर्छ यस्ता सावधानी


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको यमपञ्‍चक अर्थात्‌ तिहारका पाँच दिन सुरु भइसकेको छ । पहिलो दिन आज काग तिहार मनाइयो भने भोलि घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिनेछ ।

लक्ष्मी पूजाका दिन महा लक्ष्मीको विधिपूर्वक पूजा गरिन्छ । लक्ष्मी पूजाका दिन देवी लक्ष्मीको आराधनासहित पूजा गर्नाले सुख, शान्ति र ऐश्वर्य मिल्ने विश्वास गरिन्छ ।

विधि र मान्यताअनुसार लक्ष्मी पूजाका दिन केही विशेष कुरामा भने ध्यान पुर्‍याउनुपर्छ । अन्यथा; घर आएकी लक्ष्मीसमेत फर्किने जनविश्वास छ ।

लक्ष्मी पूजामा नगर्नुहोस् यस्ता काम 
– लक्ष्मी पूजाको दिन नङ काट्नु हुँदैन । साथै, दाह्री वा कपाल पनि काट्नु हुँदैन ।
–  लक्ष्मी पूजाको दिन उपहार दिन जाँदा छालाको वस्तु धारण गर्नु हुँदैन ।
–  लक्ष्मी पूजाको दिन बिहान सबेरै उठ्नुहोस् । छिटो उठेर सरसफाइसहित पूजापाठ गर्नुहोस् ।
–  लक्ष्मी पूजा गर्दा ताली बजाउनु हुँदैन, साथै आरती ठूलो आवाजमा गाउनु हुँदैन ।
–  लक्ष्मी पूजाको दिन झुट बोल्नु हुँदैन तथा घरमा फोहोर राख्नु हुँदैन । दया र दानको भावना राख्नुपर्दछ ।
–  देवी लक्ष्मीको पूजा गर्दा भगवान् विष्णु साथमा नराखी उपासना गर्नुहुँदैन, यसलाई अपूरो मानिन्छ ।
–  आराधना गर्ने गणेशको मूर्तिको बसेको हुनुहुँदैन । साथै सुँड दायाँतर्फ फर्केको हुनुहुँदैन ।
–  देवी लक्ष्मीलाई शान्तिप्रिय मानिन्छ, तसर्थ परिवारका सदस्यबीच सो दिन झगडा हुनुहुँदैन ।
–  लक्ष्मी पूजाको दिन माछा मासु, मदिरा तथा धूमपान सेवन गर्नुहुँदैन ।

के गर्ने त ? 
– यस दीन कसैलाई उपहारमा मिठाइ थपेर दिनुहोस् ।
– पूजा गर्ने स्थलमा क्रमशः बायाँबाट दायाँतर्फ भगवान् गणेश, लक्ष्मी, विष्णु, सरस्वती र कालीको मूर्ति राख्नुपर्दछ । त्यसपछि लक्ष्मण, राम र सीताको मूर्ति राखेर पूजा गर्नुपर्छ ।
– लक्ष्मी पूजाको दिन पूजा कोठा सफा गर्नुपर्छ र हरेक सामग्री मिलाएर राखिएको हुनुपर्छ ।
– लक्ष्मी पूजाको रातभरि अनिवार्य दियो बालेर राख्नुपर्दछ ।
– घरका सबै सदस्यले उत्तरतर्फ मुख फर्काएर उत्तर-पूर्वी दिशामा पूजा गर्नुपर्छ ।
– पूजा गर्दा मात्र घीउमा दियो बाल्नुहोस् । दियो ११, २१ वा ५१ को संख्यामा हुनुपर्दछ ।
– लक्ष्मी पूजा गर्दा सकेसम्म रातो रंग भएका वस्तुको मात्र प्रयोग गर्नुपर्छ । अर्थात् दियो, मैनबत्ती र फूल लगायतका वस्तु रातो हुनुपर्छ ।
– लक्ष्मी पूजा गर्दा शुरुमा गणेशको पूजा गर्नुपर्छ । कुनै पनि पूजामा गणेशको आराधना पहिले गर्नुपर्छ ।
–  लक्ष्मी पूजामा घरका सबै सदस्यले एकैसाथ मिलेर लक्ष्मीको आराधना गर्नुपर्छ ।
– लक्ष्मी पूजाको दिन सकेसम्म सात्त्विक तथा शाकाहारी भोजन गर्नुपर्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ६ : १८ बजे

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले