लक्ष्मी पूजाका दिन अपनाउनुपर्छ यस्ता सावधानी « Khabarhub

लक्ष्मी पूजाका दिन अपनाउनुपर्छ यस्ता सावधानी


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको यमपञ्‍चक अर्थात्‌ तिहारका पाँच दिन सुरु भइसकेको छ । पहिलो दिन आज काग तिहार मनाइयो भने भोलि घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिनेछ ।

लक्ष्मी पूजाका दिन महा लक्ष्मीको विधिपूर्वक पूजा गरिन्छ । लक्ष्मी पूजाका दिन देवी लक्ष्मीको आराधनासहित पूजा गर्नाले सुख, शान्ति र ऐश्वर्य मिल्ने विश्वास गरिन्छ ।

विधि र मान्यताअनुसार लक्ष्मी पूजाका दिन केही विशेष कुरामा भने ध्यान पुर्‍याउनुपर्छ । अन्यथा; घर आएकी लक्ष्मीसमेत फर्किने जनविश्वास छ ।

लक्ष्मी पूजामा नगर्नुहोस् यस्ता काम 
– लक्ष्मी पूजाको दिन नङ काट्नु हुँदैन । साथै, दाह्री वा कपाल पनि काट्नु हुँदैन ।
–  लक्ष्मी पूजाको दिन उपहार दिन जाँदा छालाको वस्तु धारण गर्नु हुँदैन ।
–  लक्ष्मी पूजाको दिन बिहान सबेरै उठ्नुहोस् । छिटो उठेर सरसफाइसहित पूजापाठ गर्नुहोस् ।
–  लक्ष्मी पूजा गर्दा ताली बजाउनु हुँदैन, साथै आरती ठूलो आवाजमा गाउनु हुँदैन ।
–  लक्ष्मी पूजाको दिन झुट बोल्नु हुँदैन तथा घरमा फोहोर राख्नु हुँदैन । दया र दानको भावना राख्नुपर्दछ ।
–  देवी लक्ष्मीको पूजा गर्दा भगवान् विष्णु साथमा नराखी उपासना गर्नुहुँदैन, यसलाई अपूरो मानिन्छ ।
–  आराधना गर्ने गणेशको मूर्तिको बसेको हुनुहुँदैन । साथै सुँड दायाँतर्फ फर्केको हुनुहुँदैन ।
–  देवी लक्ष्मीलाई शान्तिप्रिय मानिन्छ, तसर्थ परिवारका सदस्यबीच सो दिन झगडा हुनुहुँदैन ।
–  लक्ष्मी पूजाको दिन माछा मासु, मदिरा तथा धूमपान सेवन गर्नुहुँदैन ।

के गर्ने त ? 
– यस दीन कसैलाई उपहारमा मिठाइ थपेर दिनुहोस् ।
– पूजा गर्ने स्थलमा क्रमशः बायाँबाट दायाँतर्फ भगवान् गणेश, लक्ष्मी, विष्णु, सरस्वती र कालीको मूर्ति राख्नुपर्दछ । त्यसपछि लक्ष्मण, राम र सीताको मूर्ति राखेर पूजा गर्नुपर्छ ।
– लक्ष्मी पूजाको दिन पूजा कोठा सफा गर्नुपर्छ र हरेक सामग्री मिलाएर राखिएको हुनुपर्छ ।
– लक्ष्मी पूजाको रातभरि अनिवार्य दियो बालेर राख्नुपर्दछ ।
– घरका सबै सदस्यले उत्तरतर्फ मुख फर्काएर उत्तर-पूर्वी दिशामा पूजा गर्नुपर्छ ।
– पूजा गर्दा मात्र घीउमा दियो बाल्नुहोस् । दियो ११, २१ वा ५१ को संख्यामा हुनुपर्दछ ।
– लक्ष्मी पूजा गर्दा सकेसम्म रातो रंग भएका वस्तुको मात्र प्रयोग गर्नुपर्छ । अर्थात् दियो, मैनबत्ती र फूल लगायतका वस्तु रातो हुनुपर्छ ।
– लक्ष्मी पूजा गर्दा शुरुमा गणेशको पूजा गर्नुपर्छ । कुनै पनि पूजामा गणेशको आराधना पहिले गर्नुपर्छ ।
–  लक्ष्मी पूजामा घरका सबै सदस्यले एकैसाथ मिलेर लक्ष्मीको आराधना गर्नुपर्छ ।
– लक्ष्मी पूजाको दिन सकेसम्म सात्त्विक तथा शाकाहारी भोजन गर्नुपर्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ६ : १८ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो