स्वास्थ्य बीमा भएका काठमाडौंका वडामा निःशुल्क भिडियो एक्स-रे सेवा « Khabarhub

स्वास्थ्य बीमा भएका काठमाडौंका वडामा निःशुल्क भिडियो एक्स-रे सेवा


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले निःशुल्क भिडियो एक्स-रे सेवा सुरु गर्ने भएको छ । महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत नागरिकलाई  सो सेवा सुरु गर्न लागेको हो । स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार सुरुमा वडा नम्बर १२, २६ र ३० बाट सेवा दिइनेछ  ।

आइतबार र सोमबार वडा नम्बर १२, १४ र १९ का सेवाग्राहीलाई  वडा नम्बर १२ मा, मङ्गलबार र बुधबार वडा नम्बर १६, २६ र २७ का सेवाग्राहीलाई वडा नम्बर २७ मा र बिहीबार र शुक्रबार वडा नम्बर १० र ३० का सेवाग्राहीका लागि वडा नम्बर ३० मा स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सेवा दिइने छ ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स-रे मेसिन राखिसकेको छ । सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने उनले जानकारी दिए ।

कामपाले वडा नम्बर ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नम्बर १४ बल्खु, वडा नम्बर १९ कङ्केश्वरी, वडा नम्बर २६ लैनचौर र वडा नम्बर ३० ज्ञानेश्वर, वडा नम्बर १६ बालाजु, वडा नम्बर २७ महाबौद्ध, वडा नम्बर १२ टेकु र वडा नम्बर ७ चाबहिलको स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई पहिलो सम्पर्क विन्दुका रूपमा तोकेको छ ।

नसर्ने रोग पहिचानका लागि परीक्षण
महानगरपालिकाले निदानात्मक स्वास्थ्य सेवाको प्रवर्द्धनका लागि ५० हजार व्यक्तिको स्वास्थ्य परीक्षण गरेर अवस्था आँकलन गर्ने तथ्याङ्क तयार पार्ने र त्यसले देखाएको अवस्थाका आधारमा थप कार्यक्रम तर्जुमा गर्ने जनाएको छ ।

विभागले हरेक महिनालाई सचेतना अभिवृद्धि गर्ने महिनाका रूपमा कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत गत वैशाख महिनामा दृष्टि (आँखा तथा वातावरण), जेठ महिनामा मुख तथा नाक, काम घाँटी, असारमा ज्येष्ठ नागरिक तथा अपाङ्गता सहायता, साउनमा नवजात र बालबालिका स्वास्थ्य, पोषण तथा स्तनपान, भदौमा उच्च रक्तचाप, असोजमा मधुमेह तथा मोटोपना र कात्तिकमा स्वस्थ्यकर खानपान तथा आरोग्य जीवन सचेतना महिनाका रूपमा निदानात्मक कार्यक्रम सञ्चालन भइसकेका छन् ।

मङ्सिरमा मिर्गौला तथा अन्य जटिल दीर्घरोग, पुसमा श्वासप्रश्वास तथा अन्य जटिल दीर्घरोग, माघमा मादक पदार्थ तथा सडक दुर्घटना, फागुनमा क्यान्सर तथा प्रजनन स्वास्थ्य र चैत महिनामा मानसिक स्वास्थ्यसम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरिनेछन् ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ७ : ४७ बजे

‘इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित’

एजेन्सी– दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपतकालीन

जन्मथलो छाड्न बाध्य युवाको कथामा आधारित ‘कर्णाली तिर’ सार्वजनिक (भिडियो)

काठमाडौं– गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’ को म्युजिक

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५०

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री 

नुवाकोट– सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३-८४

अर्थ मन्त्रालयको वेबसाइटबाट हरायो आर्थिक विधेयक

काठमाडौं- आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हराएको छ ।