मकवानपुरगढीले दियो कृषकलाई अनुदान | Khabarhub Khabarhub

मकवानपुरगढीले दियो कृषकलाई अनुदान


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बाँझो जग्गाको उपयोग गरी कृषिमा आत्मनिर्भर बनाउने योजना अघि बढाएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ को स्वीकृत कार्यक्रम अनुसार कृषियोग्य जग्गाको उपयोगिता बढाउने र कृषकलाई कृषिमा आत्मनिर्भर बनाउने योजना अघि बढाएको हो ।

गाउँसभाबाट स्वीकृत कार्यक्रम अनुसार चालु आर्थिक वर्षदेखि बाँझो जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई गाउँपालिकाले अनुदान दिने गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले जानकारी दिए ।

उनका अनुसार जमिन भाडामा लिई खेती गर्ने कृषकलाई गाउँपालिकाले भाडा वापतको रकम अनुदान दिनेछ । ‘आन्तरिक कृषि विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ बनाइसकेका छौँ’, गाउँपालिका अध्यक्ष स्याङ्तानले भन्नुभयो, ‘सोही कार्यविधि बमोजिम जग्गा भाडामा लिई खेती गर्ने कृषक, कृषक समुह, सहकारी समिति, कृषि फर्महरुलाई भाडा वापतको रकम गाउँपालिकाले उपलब्ध गराउँछ ।’

जग्गा भाडामा लिए वापत गाउँपालिकाले प्रति रोपनी दुई हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउने कार्यविधिमा तय गरिएको अध्यक्ष स्याङ्तानको भनाइ छ ।

विपन्न, सीमान्तकृत, दलित, जनजाती तथा बेरोजगारको सूचीमा रहेकालाई बिशेष प्राथमिकता दिएर अघि बढाएको उक्त कार्यक्रम अन्तर्गत कृषकलाई भाडा वापतको रकम उपलब्ध गराउन पालिकाले चालु आव २०८१–८२ मा छ लाख रुपैयाँ बजेट बिनियोजन गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १० : ४४ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ