गुरुङ समुदायको नयाँ वर्ष आज ‘तमु ल्होसार’ « Khabarhub

गुरुङ समुदायको नयाँ वर्ष आज ‘तमु ल्होसार’


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन्।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ।

तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ५ : ५४ बजे

के प्रियंका र निक साँच्चै छुट्टिँदैछन् ?

काठमाडौं– बलिउडदेखि हलिउडसम्म सफल यात्रा तय गरेकी अभिनेत्री प्रियंका चोपडा

टी–२० विश्वकपमा इटालीले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा

काठमाडौं- आईससी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल र

इटालीसँगको खेलअघि रंगशाला बाहिर नेपाली समर्थक (तस्बिरहरू)

काठमाडौं– आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको नेपालले दोस्रो खेलमा आज

टी-२‍० विश्वकपमा श्रीलंकाद्वारा ओमन १ सय ५ रनले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा श्रीलंकाले ओमनलाई पराजित

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित