भीम रावलले भेटे कर्ण मल्ल र तारा जोशीलाई « Khabarhub

भीम रावलले भेटे कर्ण मल्ल र तारा जोशीलाई

एमालेबाट निकालिएपछि आन्तरिक छलफल र भेट गर्दै


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले गत पुस ११ गते कारबाही गरेर निकालेपछि नयाँ पार्टी गठनको तयारीमा रहेका पूर्वउपाध्यक्ष डा. भीम रावलले भेटघाटलाई तीव्र पारेका छन्।

गत बुधबार एमालेको कारबाहीमा परेका रावलले सोमबार बिहान नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेट गरेका छन् ।

उनीहरूबीच टोखास्थित निवासमा भेटवार्ता भएको रावलनिकट स्रोतले पुष्टि गरेको छ । स्रोतले मल्ल र जोशीसँगको छलफल सकारात्मक रहेको पनि खबरहबलाई बताएको छ ।

मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति र जोशी नेकपा एकीकृत समाजवादीका पूर्व केन्द्रीय सदस्य हुन् ।

सभापति शेरबहादुर देउवासँगको टकरावका कारण मल्ल कांग्रेससँगको साइनो तोड्दै कांग्रेस बीपीमा प्रवेश गरेका थिए ।

यस्तै गत निर्वाचनमा तत्कालीन चुनावी गठबन्धनका कारण डडेल्धुराबाट प्रदेशसभा निर्वाचनमा एकीकृत समाजवादीबाट टिकट नपाएपछि जोशी स्वतन्त्र हैसियतमा विजयी भएका थिए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १ : ०७ बजे

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धरान– सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि

समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने

कास्की– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा

घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश 

काठमाडौं– विशेष अदालतले घुस रिसवतसम्बन्धी मुद्दामा पूर्वभूमिसुधार मन्त्री राजकुमार गुप्तालाई

सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

एजेन्सी– सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९