विविधतापूर्ण संस्कृतिमा धनी सुदूरपश्चिम : मन्त्री पाण्डे « Khabarhub

विविधतापूर्ण संस्कृतिमा धनी सुदूरपश्चिम : मन्त्री पाण्डे


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश विविधतापूर्ण संस्कृतिमा धनी प्रदेश भएको बताएका छन् ।

सुदूरपश्चिम कलाकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको पुस १५ विविध सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

उनले पुस १५ लाई सुदूरपश्चिमले ठुलो पर्वको रूपमा मनाउने गरेको स्मरण गर्दै यस पर्वलाई रात छोटा र दिन लामा हुनुका साथै  चिसो मौसम अन्त्य भएर न्यायो मौसमको सुरूवातको रूपमा मनाउने गरेको बताए ।

मन्त्री पाण्डेले पछिल्लो पुस्ता मेहनतका कारण दूरदराजका कला संस्कृतिहरूको उजागर र संरक्षणमा टेवा पुगको बताए । उनले सुदूरपश्चिमेली कलाकारहरूले गुणस्तरीय गीत मार्फत आफ्नो क्षेत्रका विविध पक्षको उजार गर्ने गरेको समेत बताए ।

उक्त  समारोहमा देउडा सम्राट् एवम् नेपाली राष्ट्रिय गान छनौट समितिका सदस्य  नन्दकृष्ण जोशी लगायतका दर्जनौँ कलाकारहरूले आफ्नो प्रस्तुति ,छलिया नाच, देउडा नाच समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ५ : ४६ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो