पाकिस्तानमा बस दुर्घटना : ११ जनाको मृत्यु, २२ घाइते « Khabarhub

पाकिस्तानमा बस दुर्घटना : ११ जनाको मृत्यु, २२ घाइते


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको पञ्जाबको फतेहजङ्ग क्षेत्र नजिकै सोमबार भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको र २२ जना घाइते भएका छन् ।

जियो न्युजले मोटरवे पुलिसलाई उद्धृत गर्दै बहावलपुरबाट इस्लामाबादतर्फ जाँदै गरेको बस एम–१४ मोटरवेमा पल्टिएको बताएको छ । उद्धार अधिकारीहरूका अनुसार पीडितहरू बहावलपुर, वेहारी, शराकपुर र इस्लामाबादका थिए ।

तीन महिलासहित छ जनालाई बेनजीर भुट्टो अस्पतालमा सारिएको र एक घाइतेलाई इस्लामाबाद र जिल्ला मुख्यालय अस्पतालमा सारिएको उद्धार अधिकारीहरूले बताएका छन् ।

जियो न्युजका अनुसार मोटरवे प्रहरीले दुर्घटना चालकको लापरबाहीका कारण भएको बताएको छ । मोटरवे प्रहरी महानिरीक्षक रिफत मुख्तारले बस दुर्घटनाको तत्काल छानबिन गर्न आदेश दिएका छन् ।

गत महिना विवाहका पाहुनाहरू सहितको ‘अत्यधिक गतिमा’ गुडिरहेको बस पुलबाट सिन्धु नदीमा खस्दा गिलगिट–बाल्टिस्तानमा कम्तीमा १४ जनाको मृत्यु भएको थियो ।

त्यसअघि सेप्टेम्बरमा बलुचिस्तानको शेरानीको दानासर क्षेत्रमा बस खाडलमा खस्दा छ जनाको मृत्यु र अन्य २० जना घाइते भएका थिए ।

शनिबारको एउटा घातक दुर्घटनामा ज्याकोबाबादको थुल क्षेत्रमा यात्रुवाहक बस खाडलमा खस्दा पाँच जनाको मृत्यु भएको र अन्य १५ जना घाइते भएको एआरवाई न्युजले जनाएको छ ।

अक्टोबर २७ मा एउटा यात्रुवाहक बस खाडलमा खस्दा चार जनाको मृत्यु र २३ भन्दा बढी घाइते भएका थिए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ५ : ५७ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी