‘कार्साङ’मा धामी बनेका दयाहाङको अनुभव : आगोको भुंग्रोमा छिर्दा कपासमा टेकेजस्तो भयो « Khabarhub

‘कार्साङ’मा धामी बनेका दयाहाङको अनुभव : आगोको भुंग्रोमा छिर्दा कपासमा टेकेजस्तो भयो


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तपाईंमध्ये धेरैले सुन्नु वा केहीले देख्नु भएकै होला-धामी आगोको भुंग्रोमा नाच्छन् !

धामी आगोमा नाचेको नाङ्गो आँखाले देख्नेहरुले कतिपयले यसलाई सत्य मान्दैनन्, रुढीवादी भन्छन् । केहीले धामीको मन्त्र शक्तिले यो सम्भव भयो भन्छन् । आफ्नो चेतअनुसारको तर्क गर्छन् ।

आजको वैज्ञानिक युगमा ‘मन्त्र कारण आगोको भुंग्रोमा उफ्रदा पोल्दैन’ भन्दा कति सान्दर्भिक होला ?

नायक दयाहाङले पनि एक फिल्मका लागि आगोको भुंग्रोमा नाचेका छन् । पुस २६ बाट प्रदर्शनमा आउने फिल्म ‘कार्साङ’का लागि उनले भुंग्रोमा नाचेका हुन् ।

फिल्मको टिजरमा पनि यो दृश्य ‘चुस्स’ देखाइएको छ । निर्देशक यम शेर्पा र दायाहाङको दाबी अनुसार उक्त दृश्य सत्य हो । आगोमा दयाहाङ उफ्रिएको दृश्य खिच्न कुनै प्रविधि प्रयोग र जुक्ति प्रयोग गरिएको छैन ।

दयाहाङले पनि आम मान्छेले जस्तै धामी आँगोमा उफ्रेको देखेका थिए । यस्ता किस्सा धेरै पटक सुनेका थिए ।

फिल्मबारे जानकारी दिन निर्माण पक्षले सोमबार पुरानो बानेश्वमा ‘कार्साङ’बारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मलेनमा दयाहाङले आगोको भुंग्रोमा उफ्रिदाँको अनुभव सुनाए ।

‘कार्साङ’मा दयाहाङ धामीको भूमिकामा छन् । फिल्मको छायाङ्कन सिन्धुपाल्चोकमा थियो । छायाङ्कन तालिकाको पहिलो दृश्य नै दयाहाङ आगोमा उफ्रन पर्ने थियो ।

दयाहाङ भन्छन्, ‘आगोमा उफ्रनु पर्ने भनेपछि केही जुक्ति लगाउने होला कि प्रविधि प्रयोग गर्ने होला भन्ने लाग्यो ।’

निर्देशक यम शेर्पाले दयाहाङलाई ‘वास्तवमै आगोमा उफ्रनुपर्छ’ भने । दयाहाङ भन्छन्, ‘मलाई के हो कसो हो पोल्छ भन्ने डर भयो ।’

निर्देशकबाट ’धामीको मन्त्र शक्तिले आगोमा उफ्रँदा पोल्दैन’ भन्ने ढाडस दयाहाङले पाए । तर पनि ‘आगोमा उफ्रँदा त पोलिहाल्छ’ भन्ने चेत उनलाई आगोमा हेलिन आँट दिएको थिएन ।

दयाहाङसँगै पाँच वास्तविक धामी छायाङ्नमा सहभागी थिए । उनीहरुले दयाहाङलाई ‘विश्वास गर्नु हामी केही हुन दिँदैनौं’ भने । यसपछि भने उनलाई केही आँट आयो ।

दृश्यका लागि आगोमा उफ्रन तयार भएपछि आफूलाई धामीले भनेको सुनाउँछन्, ‘म मन्त्र दिन्छु त्यो कण्ठ गर्नु अनि लागोले पोल्दैन ।’

दयाहाङ आफैँ मन्त्र कण्ठ तयार नभएपछि धामीले पढेर सुनाए । त्यसपछि छायाङ्कन सुरु भयो । धामीहरुबाट ‘अब केही हुन्न भन्ने ढाडस पाएपछि’ उनी आगोमा हेलिए ।

उनी आगोमा उफ्रँदाको अनुभव सुनाउँछन्, ‘मलाई कपासमा टेकेजस्तो । कतै उडेजस्तो भयो ।’

छुदा पोल्ने आगोमा उफ्रँदा छुट्टै अनुभव हुने भइहाल्यो । आगोमा उफ्रँदा छायाङ्नका लागि पात्र निर्वाह गर्दैछु भन्ने नै बिर्सिएको उनी सुनाउँछन् ।

थप्छन्, ‘छायाङ्कनका लागि पात्रमा छु भन्ने बिर्सिएँछु । आगोमा छिर्दा म हाँसिरहेको रहेछु । तीन-चार पटक रिटेक लिएपछि क्यामेरा मेन पुरुषोत्तमले भन्नुभयो- दयाजी तपाईं हाँसिरहनु भएको छ है ।’

क्यामेरा मेनले सम्झाएपछि जीवनै पहिलो पटक आगोमा उफ्रिएको अनुभव लिँदै छायाङ्न सकेको उनी सुनाउँछन् ।

उनी थप्छन्, ‘म आगोमा नाचेँ । सकुशल नै रहेँ । तर सुटिङ युनिको एक साथीले गल्तीले त्यही आगोको एउटा फिलिङ्गोमा टेक्नुभएछ । उहाँलाई पोल्यो । सानोतिनो घाइते नै हुनुभयो ।’

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ८ : २४ बजे

गजुरेलको डेब्यू नाटक ‘महाभारत’ आजबाट

काठमाडौं – हाँस्य कलाकार मनोज गजुरेलको डेब्यू नायक ‘महाभारत’ बिहीबारदेखि

एसियन गेम क्वालिफायर खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं– एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली

चीन नेपालको सबैभन्दा ठूलो लगानीकर्ता, अन्य देशहरूको भन्दा दोब्बरले धेरै

काठमाडौं- नेपालमा लगानी गर्ने छिमेकीसहितका मुलुकहरूमा चीन अग्रस्थानमा देखिएको छ।

पोखराका अनधिकृत संरचना हटाइँदै

गण्डकी– पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी विभिन्न

स्वास्थ्य मन्त्रालयको प्रगति विवरण : प्रविधिमैत्री सेवादेखि आयुर्वेद र योग अभियानसम्म

काठमाडौं- सरकारले सरकारी अस्पतालहरूमा औषधिको मौज्दात र मूल्य देखिने डिजिटल